Navigation
Global News

बाँच्न पाउने अधिकारको सम्मान गर्न एनआरएनको आग्रह

Sep 25, 2023
बाँच्न पाउने अधिकारको सम्मान गर्न एनआरएनको आग्रह   बाँच्न पाउने अधिकारको सम्मान गर्न एनआरएनको आग्रह  :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
काठमाडौं । गैरआवासीय नेपाली संघले नाकाबन्दीका कारण तीन महिनादेखि दैनिक लाखौं मानिसको रोजीरोटी गुमेको र बाँच्न पाउने अधिकार कुण्ठित भएको भन्दै नेपाली नागरिकको बाच्न पाउने अधिकारको सम्मान गर्न आग्रह गरेको छ । नाकाबन्दीले सिर्जना गरेको मानवीय संकटबारे अन्तराष्ट्रिय जगतलाई जानकारी दिने उदेश्यले थालेको अभियानको तेस्रो दिन एनआरएनले बाँच्न पाउने अधिकारको रक्षा गर्न आग्रह गर्दै प्रचार सामाग्री सार्वजनिक गरेको छ । ‘दैनिक ज्यालादारी गरेर आफू र आश्रित परिवार पाल्नुपर्ने लाखौं नेपालीहरु खान नपाउने अबस्थामा पुगेका छन, उनीहरुको रोजगारी खोसिएको छ,’ एनआरएन अध्यक्ष शेष घलेले भने- ‘आन्दोलनको केन्द्रमै रहेका मुख्य औद्योगिक क्षेत्रमा काम गर्ने मजदुरको अबस्था निकै भयावह बन्दै गइरहेको छ ।’ उद्योगधन्दा र ब्यापारिक प्रतिष्ठानहरु संचालन हुन नसक्दा धेरै मजदुर स्थायीरुपमै जागिर गुमाउन परेको भन्दै अध्यक्ष घलेले उनीहरुमा आश्रित दशौं लाख महिला तथा बालबालिकाको जीवनयापन कठिन बनेको भन्दै चिन्ता जनाए । यस्तो गम्भिर पस्थिीतिलाई ख्याल गर्दै नेपालमा मानवीय संकट समाधानका लागि पहल गर्न र मानवीय सहायतको हात अगाडी बढाउन उनले अन्तराष्ट्रिय मानवीय तथा दातृसंस्थाहरुलाई आह्वान गरेका छन् । गैरआवासीय नेपाली संघले नाकाबन्दीका कारण सिर्जित मानवीय संकटको वास्तविकता अन्तराष्ट्रिय समुदायलाई जानकारी दिन ‘नेपाल चाहान्छ, हामीलाई जस्तो तिमीलाई नपरोस्’ भन्ने अभियान सुरु गरेको छ । #NepalHopes ह्यासट्यागमार्फत् यो अभियानमा सहभागी बन्न सकिने छ । बिभिन्न देशमा हुने विरोध प्रर्दशन तथा सामाजिक संजालमार्फत् यस्तो अभियान चलाएर अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन एनआरएनले यो अभियान थालेको हो । - See more at: http://www.onlinekhabar.com/2015/11/355010/#sthash.HJHHx9aZ.dpuf