Navigation
Global News

कामदारको हितमा काम गर्न एनआरएनको सुझाव

Sep 25, 2023
कामदारको हितमा काम गर्न एनआरएनको सुझाव :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
८ साउन, काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले वैदेशिक रोजगारमा जाने नेपाली कामदारको हितमा रहेर काम गर्न सरकारलाई सुझाव दिएको छ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका प्रवक्ता मन केसीले विज्ञप्ति जारी गर्दै मलेसिया र खाडी मुलुकमा निःशुल्क भिसा र टिकटको ब्यवस्था गर्ने सरकारको निर्णयको स्वागत गरेका छन् । निःशुल्क भिसा र टिकटको निर्णय कार्यान्वयन गर्दा कामदारहरुका हकहितलाई प्राथमिकतामा राखी व्यवहारिक पक्षको समेत मूल्यांकन गरी सरकारले सम्बन्धित मुलुकसँग श्रम सम्झौता गर्दा अझ प्रभावकारी हुने एनआरएनएको सुझाव छ । लाखौं नेपाली युवाहरुले मलेसिया तथा खाडी मुलुकहरुमा रोजगारीका अवसर प्राप्त गरी मुलुकको कुल ग्राहस्र्थ उत्पादनमा उल्लेख्य योगदान पुर्याएको उल्लेख गर्दै श्रमिक मैत्री नीति तर्जुमा गरी लागू गर्न पनि एनआरएनएले सरकारसँग आग्रह गरेको छ । सरकारले असार २१ गतेदेखि लागू हुने गरी मलेसिया, कतार, यूएई, साउदी अरब, ओमान, बहराइन र कुवेतमा फ्री भिसा र फ्री टिकटको निर्णय गरेको छ । तर मेनपावर ब्यवसायीहरुले भने सरकारको निर्णय फिर्ताको माग गर्दै आन्दोलन गर्दै आएका छन् । ब्यवसायीहरुले असार २१ गते मेनपावर सम्बन्धी सबै सेवा ठप्प पारेका छन् । अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ । - See more at: http://www.onlinekhabar.com/2015/07/303129/#sthash.HKtHKjqw.28SzIk04.dpuf