Navigation
Global News

राष्ट्रिय पर्यटन प्रवर्द्धन बोर्ड गठन, शेष घले विशेष दूत

Sep 25, 2023
काठमाडौ, जेष्ठ ३१ - आइतबार बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय पर्यटनको प्रवर्द्धन गर्न राष्ट्रिय पर्यन प्रवद्र्धन समिति गठन गरेको छ । पर्यटन मन्त्री कृपासुर शेर्पा अध्यक्ष रहेको समितिको उपाध्यक्ष पर्यटन सचिव सुरेशमान श्रेष्ठ छन् । पर्यटनसँग सम्बन्धित सबै संघसंस्थाका प्रतिनिधि समितिका सदस्य छन् । मन्त्रीपरिषद्ले पर्यटन प्रवर्द्धन र अन्तराष्ट्रिय रुपमा सहयोग जुटाउन गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष शेष घलेलाई सरकारको विशेष दूत नियुक्त गरेको छ । मन्त्रीपरिषद्ले काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । महाभूकम्प लगत्तै १४ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएकोमा अब तीन जिल्लालाई मात्र संकटग्रस्त क्षेत्र मानिने छ । यी तीन जिल्लामा भत्किएका संरचना हटाउन र केही ठूला संरचना भत्काउन बाँकी रहेकाले संकटग्रस्त घोषणा गरिएको सरकारका एक मन्त्रीले बताए । यस्तै, २ जना सहसचिवलाई सरकारले कामु सचिवमा बढुवा गरेको छ । राजेन्द्र नेपाललाई महालेखा नियन्त्रक बनाइएको छ भने केदारबहादुर अधिकारीलाई बढुवासँगै ट्रष्टको कार्यालयका सचिव बनाइएको छ ।