Navigation
Global News

एनआरएन पुनर्निर्माणमा केन्द्रित

Sep 25, 2023
  • ७ हजार भूकम्पपिडीतलाई राहत वितरण

nrn
काठमाडौ, जेष्ठ १२ - गैरआवासीय नेपाली संघ(एनआरएन)ले १३ जिल्लाका करिव १७ हजार परिवारलाई राहत वितरण गरेको जनाएको छ । यो सँगै पहिलो चरणमा घोषणा गरेको आपतकालिन राहत वितरण कार्यक्रम सम्पन्न भएको संघले जनाएको छ । संघका अध्यक्ष घलेले अब पुन:निर्माणमा केन्द्रित हुने बताए । ‘हामीले ३५ करोड रुपैयाँको लागतमा भूकम्पपिडीतका लागि एक हजार घर निर्माण गर्ने घोषणा गरेका छौं’ अध्यक्ष घलेले भने–‘त्यसको ठोस खाका तयार गर्न हामीले सरकार, विभिन्न गैरसरकारी संस्था र स्थानीय जनतासंगको छलफललाई तिब्रता दिइरहेको छौं ।’ एनआरएनले वितरण गरेको राहत प्याकेजमा त्रिपाल, कम्बल, चामल, चिउरा, चाउचाउ र मेडिकल क्याम्प लगायत थिए । जसबाट अनुमानित करिव ६८ हजार भूकम्पपिडीत प्रत्यक्ष लाभान्वित दावी गरिएको छ ।  १७ हजार थान त्रिपाल, २१ हजार थान कम्बल, ७३ हजार किलो चालम, ५ हजार किलो चिउरा, १ लाख ७१ हजार प्याकेट चाउचाउ वितरण गरिएको संघले जारी गरेको समाचार नोटमा जनाइएको छ । राहत कार्यक्रममा संसारभरबाट नेपाल आएका तीन सय भन्दा धेरै स्वयंसेवक परिचालित भएका थिए । राहत प्याकेजसंगै गैरआवासीय नेपाली संघले बिभिन्न जिल्लामा २६ वटा मेडिकल क्याम्प सञ्चालन गरेको थियो । बिभिन्न देशमा कार्यरत गैरआवासीय नेपाली डाक्टर, नर्स लगायतका स्वयंसेवीले भूकम्प प्रभावित दुर्गम गाउँहरुमा पुगी हजारौं बिरामीको चेक जाँच गरी सेवा गरेका थिए ।               प्रकाशित मिति: २०७२ जेष्ठ १२ ०२:२५