Navigation
Global News

एनआरएनए द्वारा ‘बाताबरण मैत्री र भूकम्प प्रतिरोधी’ हजार घर बनाउने घोषणा -

Sep 25, 2023
गैर-आवाशीय नेपाली संघले भूकम्पमा परी क्षति भएका नागरिकको घाउमा मल्हम लगाउन १००० घर निर्माण गर्ने घोषणा गरेको छ | करिब ३५ करोड नेपाली रुपयाको लगानीमा घर बनाउने भएको हो | nrn123 नेपालमा महाभूकम्प पश्चात एनआरएनएले गरेको पहिलो चरणको राहत कार्यक्रमका बारेमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिईएको हो | हामीलाई बिदेशमा भएका साथीहरुको बिश्वास र सहयोगले यो काम गर्न सफल भएका छौं, फेरी पनि रिक्स लिदै छौ, गैर-आवाशीय नेपाली संघका अध्यक्ष शेष घलेले भने “रिक्स लिएर भए पनि हामि काम थाल्दै छौं, सफल हुन्छौं |” हेर्नुहोस पुरा भिडियो :  एक नेपाली लाई विपद पर्दा अर्को नेपालीले सहयोग गर्नु हाम्रो कर्तब्य हो, त्यसैले सक्दो सहयोग हामि बाट हुन्छ घलेले भने | कार्यक्रममा उपाध्यक्ष टिबि कार्की, महासचिब कुमार पन्त, कोषाध्यक्ष बद्री केसी,पुर्ब अध्यक्ष जिबा लामिछाने लगायतको उपस्थिति थियो | कार्यक्रममा घलेले नेपालीसेना नेपाल सरकार लगायत सम्पूर्ण स्वयंसेबीहरुलाई धन्यबाद समेत दिएका थिए | - See more at: http://www.newsnrn.com/2015/05/06/12505/#sthash.Ki0RbCLw.dpuf