Navigation
Global News

धादिङ र नुवाकोटमा एनआरएनएको राहत

Sep 25, 2023
काठमाडांै÷रास– गैरआवासीय नेपाली संघले उत्तरी भेग बसेरीका भूकम्पपीडित स्थानीय बासिन्दालाई राहत वितरण गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र महासचिव कुमार पन्तसहितको टोलीले सोमबार बसेरी पुगेर गाविस सचिव, स्थानीय समाजसेवी र विद्यालयका शिक्षकको रोहरबारमा राहत वितरण ग¥यो । ८ सय ६७ घरधुरी रहेको बसेरीमा गैरआवासीय नेपाली संघले सबै घरलाई एक–एकओटा त्रिपाल, कम्बल, चिउरा, चामल, चाउचाउलगायतका सामग्री प्रदान गरेको छ । गोरखाको सीमा क्षेत्रमा पर्ने यो विकट गाउ“मा भूकम्पबाट लगभग सबैजसो घर भत्किएका छन् । सातजनाले भूकम्पमा परी ज्यान गुमाए । वडा नम्बर २ का बासिन्दा नन्दबहादुर घले भन्छन् ‘हाम्रो पहिलो प्राथमिकता बास हो, त्यसपछि गाँस हो र अनि ओढ्ने ओछ्याउने हो । कम्तीमा बासचाहि“ सरकारले बनाइदेओस् भन्ने हाम्रो माग हो ।’ राहत वितरणका लागि पुगेका गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले बाहिरबाट प्राप्त सहयोग आपसमा मिलेर उपभोग गर्न र थप राहतका लागि अग्रसर हुन सुझाव दिए । ‘तपाईंहरू यस्तो दुःखमा परेको देख्न र सुन्न नसकेरै हामी आफ्नो खल्तीबाट पैसा झिकेर तपाईंका लागि खाना र नाना बा“ड्न आएका हौं,’ उनले भने, ‘यस्तो विपद् सबै मिलेर सामना गर्नुपर्छ, तपाईंहरू पनि स्थानीय तहमा मिलेर प्राप्त सहयोगको सदुपयोग गर्नुहोला ।’ गैरआवासीय नेपाली संघले नेपालका भूकम्पपीडितलाई आपत्कालीन राहतस्वरूप १० करोड रुपैयाँको कोष बनाई विभिन्न सात जिल्लामा राहत वितरण अभियान सुरु गरेको थियो । सोअनुसार अहिलेसम्म सिन्धुपाल्चोक, गोर्खा, लमजुङ, काभ्रे, धादिङमा राहत वितरण भइसकेको छ । पहिलो चरणमा १० हजार परिवारलाई राहत वितरण गर्ने योजनाअनुसार गैरआवासीय नेपाली संघका स्वयंसेवकको सहयोग र सक्रियतामा राहत वितरण कार्य भइरहेको छ । गैरआवासीय नेपाली संघले नुवाकोटको राकुका देवी गाविस र आसपासका भूकम्पपीडितको सहयोगार्थ पाल ८ सय ५९, चाउचाउ १ सय कार्टुन तथा कम्बल १ हजार ६ सय ५० थान राहत सामग्री सोमवार वितरण गरेको छ । नुवाकोटमा संघका तर्फबाट राहत वितरणमा निवर्तमान अध्यक्ष जिवा लामिछाने, उपाध्यक्ष टीबी कार्की, कोषाध्यक्ष बद्री केसी, महिला संयोजक सपिला राजभण्डारी तथा अस्ट्रेलिया तथा चाइनाका एनआरएनको सहभागिता रहेको थियो ।