Navigation
Global News

भूकम्प पिडीतलाई एनआरएनले १० करोड रुपैया“ राहत वितरणगर्ने

Sep 25, 2023

भूकम्प पिडीतलाई एनआरएनले १० करोड रुपैया“ राहत वितरणगर्ने

प्रेस बिज्ञप्ति काठमाण्डौ ।विश्वभर फैलिएर रहेका गैरआवासीय नेपालीहरुले आफ्नो साझा संगठन गैरआवासीय नेपाली संघमार्फत नेपालकादुर्गम क्षेत्रकाभूकम्प पिडीतहरुमध्येपहिलो चरणमा करिव १० हजार परिवारलाई आधारभूत र प्रारम्भिक राहतप्रदानगर्ने लक्ष्यलिई १० करोड रुपैया“ संकलनगर्ने योजनाबनाएको छ । नेपाल सरकारको सल्लाह र सुझावअनुसार गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको अध्यक्षतामामंगलबार काठमाण्डौंमा बसेको गैरआवासीय नेपाली संघ भूकम्प पिडीत राहत समितिको वैठकले राहत रकम र जिल्लानिर्धारण गरेको हो । भूकम्पबाट सवैभन्दा ठूलो क्षतिब्यहोरेका सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, धादिङ, रसुवा, काभ्रे र रामेछाप गरी कूल७ वटा जिल्लाहरुकाभूकम्प पिडीतलाई प्राथमिकतामा राखीराहतप्रदानगर्ने तयारी भई रहेको छ । यसअघि एनआरएनएआईसीसीको वैठकले भूकम्प पिडीतलाई राहतप्रदानगर्न संघका अध्यक्ष शेष घलेको अध्यक्षतामा राहत समिति गठनभई संसारभरका एनआरएनलाई राहत संकलनअभियानमा सहभागीहुनआह््वान गरेको थियो । साथै वैठकले केन्द्रीकृत राहत रकम संलकनअभियान संचालनगरी एनआरएनकै पहलमा पिडीतहरुसमक्ष राहतसमाग्रीपुग्नेगरी अभियान संचालनगर्ने निर्णय पनिगरेको थियो । भूकम्प पिडीतका लागिअध्यक्ष शेष घले र उहा“कीश्रीमतीजमुना गुरुङले परोपकारी संस्थाएमआईटी ग्रुप फाउण्डेसनमार्फत् २ करोड रुपैया“प्रदानगर्नुभएको छ भने उपाध्यक्षभवन भट्टले एक करोड रुपैया“प्रदानगर्नुभएको छ । अन्यपदाधिकारी र बिभिन्न देशहरुबाट संकलित रकमकरिव ७ करोड रुपैया“भईसकेको अध्यक्ष घलेले जानकारी दिनुभयो । ‘हामीले कम्तीमा १० देखि १२ करोड रुपैया“जम्मा गरी राहतप्रदानगर्ने तयारी गरिरहेका छौं’ अध्यक्ष शेष घलेले भन्नुभयो– ‘तत्काल रहातकालागित्रिपाल, कम्बल, खाद्यान्नतथाआधारभूतऔषधीलगायतका सहायताप्रदानगर्दैछौं ।’ यसैगरी गैरआवासीय नेपाली संघले झण्डै एक हजार स्वास्थ्यकर्मीलाई स्वयंसवेकका रुपमा परिचालन गरी स्वास्थ्यशिविर संचालनगर्ने छ र त्यसकालागिबिभिन्न देशमाकार्यरत गैरआवासीय नेपालीहरु नेपालआउनेक्रम सुरु भइसकेको छ । वैठकमा भूकम्पप्रभावित सवै जिल्लाहरुको बिबरण प्रस्तुतगर्दै गैरआवासीय नेपाली संघका प्रतिनिधिहरुले काठमाण्डौमाअन्य संस्थाको पहु“च पुगेको तथाअन्यप्रभावितजिल्लाहरु भन्दा सुगमभएको हुनाले धेरै प्रभावित काठमाण्डौ बाहिरका दुर्गम जिल्लामा राहत केन्द्रीतगर्नुपर्ने सुझावदिएकाथिए ।सोहीआधारतथा नेपाल सरकारको सुझावअनुसार वैठकले तत्कालकालागि७जिल्लाहरुमा राहत केन्द्रीतगर्ने निर्णय गरेको छ । वैठकले सातवटै जिल्लामाप्रमुखजिल्लाअधिकारीस“ग समन्वय गरी राहतवितरण गर्ने गाविसको छनौट गरी राहतवितरण गर्ने तयारी गरिरहेको छ । वैठकले सातवटै जिल्लाहरुकालागि समन्वयकर्ता चयनगर्दै स्थानीयतहमा समन्वयगर्ने जिम्मेवारीसमेत दिएको छ ।सवै जिल्लामा राहतबितरणको नेतृत्व स्वयं अध्यक्ष घलेले गर्नुहुनेछ । एनआरएनहरुलेगैरआवासीय नेपाली संघमार्फत पहिलो चरणमा सातवटा जिल्लाहरुमाप्रारम्भिक राहतप्रदानगर्ने र दोस्रो चरणमा केहीगाविसमापुर्ननिर्माणमा सहभागीहुने तयारी गरिरहेको छ । त्यसकालागिबिश्वभर रहेका एनआरएनहरुलाई संघले संचालन गरेको राहत रकम संकलनअभियानमा सहभागीहुन र संकलित रकम केन्द्रीकृतरुपमाखर्च हुने गरी गैरआवासीय नेपाली संघको राहतकोषमाजम्मागर्न वैठकले आह्वान गरेको छ । साथै वैठकले भूकम्पग्रस्त क्षेत्रमामहामारी फैलिने र त्यसले फेरी पिडीतहरुथप पिडामा पर्ने सम्भावना रहेकाले करिव एक हजारको संख्यामा स्वास्थ्यकर्मीलाई स्वयंसेवकका रुपमा परिचालनगर्ने निर्णय गरेको छ । त्यसकालागि अष्ट्रेलिया, बेलायत, हंगेरीलगायतका केही मुलुकहरुबाट स्वयंसेवक स्वास्थ्यकर्मीहरु काठमाण्डौ आईसकेका छन् भने अन्यआउनेक्रममा छन् । बैठकले नेपालमाकामगर्ने अनुमतिभएका गैरआवासीय नेपाली स्वास्थ्यकर्मीलाई स्वयंसेवीअभियानमा सहभागीहुनआह्वान गरेको छ । साथै वैठकले नेपाललाई परेको शोकको यो यस घडीलाई गम्भीरतापूर्वक मनन् गरी मातृभूमीप्रतिको आफ्नो दायित्व सम्झदै रकम संकलनअभियानलाई तिब्रतादिन र संकलित रकमतत्कालै एनआरएन सचिवालयमा पठाउन सवै देशमा रहेका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्व्य परिषद्लाई निर्देशनसमेत दिएको छ । अन्त्यमाअध्यक्ष घलेले राष्ट्रलाई परेको यस विपत्तीमा सहयोग गर्ने सबै गैरआवासीय नेपालीतथा राष्ट्रिय समन्वय परिषदहरुलाई धन्यवाददिंदै सबै गैरआवासीय नेपालीहरुलाई यस दुखद घडीको सामनागर्न हातेमालो समेत गर्न आह््वानगर्नु भयो । गैरआवासीय नेपाली संघ, केन्द्रीय सचिवालय, काठमाण्डौ ।