Navigation
Global News

एनआरएन युरोपको बैठक तथा छैठौं महिला सम्मेलन कोपनहेगनमा आयोजना हुँदै

Sep 25, 2023

क्षेत्रीय बैठकको तयारीमा लाग्यो एनआरएन डेनमार्क

दैनिक नेपाल२०७१ चैत ४ गते १४:५२
 46  1 Google +0
hilton-copenhagen-airport-hotelcopenhagen_141120111209444812कोपनहेगन । एनआरएन युरोप क्षेत्रीय आठौँ बैठक तथा छैठौं महिला सम्मेलनको लागि एनआरएन डेनमार्कले तयारी थालेको छ । आगामी जुन महिनाको तेस्रो साता हुने यस कार्यक्रमको लागि एनआरएन डेनमार्कले आयोजक समिति तथा सचिवालय समिति गठन गरेको छ । एनआरएन युरोप क्षेत्रीय संयोजक अर्जुन कुमार श्रेष्ठको उपस्थितिमा भएको बैठकले आयोजक समिति तथा सचिवालय समिति गठन गरेको एनआरएन डेनमार्कका अध्यक्ष दिपक सापकोटाले बताए । युरोपियन बैठक तथा महिला सम्मेलनको आयोजक एनआरएन डेनमार्क भएकोले अध्यक्ष सापकोटाको संयोजकत्वमा एनआरएन डेनमार्कका सबै पदाधिकारीहरु रहने गरी मूल आयोजक समिति गठन गरिएको छ । अन्य उप–समितिहरु गठन गर्दै जाने महासचिव विरेन्द्र सिंह कार्कीले बताए । यस्तै, एनआरएन युरोप क्षेत्रीय संयोजन अर्जुन कुमार श्रेष्ठको संयोजकत्वमा बैठक तथा सम्मेलनको लागि नौ सदस्यीय सचिवालय गठन गरिएको छ । जसको सदस्यहरुमा एनआरएन एईसीसी महिला को–अर्डिनेटर सपिला राजभण्डारी, महिला उप–कोअर्डिनेटर रजनी प्रधान, एनआरएन युरोप क्षेत्रीय उप–संयोजक सोम सापकोटा, एनआरएन डेनमार्कका अध्यक्ष दिपक सापकोटा, डेनमार्क आइसीसी सदस्य सुर्य प्रकाश खनाल, महासचिव विरेन्द्र सिंह कार्की, महिला संयोजक सुशीला हमाल र युवा संयोजक लोकराज शर्मा रहेका छन् । आठौँ युरोपियन बैठक तथा छैठौं महिला सम्मेलन आगामी जुन महिनाको २० र २१ गते आयोजना हुँदै छ । कोपनहेगन एयरपोर्टसंगै रहेको हिल्टन होटलमा गरिने यस बैठकमा आउने पाहुनाहरुको सजिलोको लागि पनि एयरपोर्टसंगै रहेको होटलमा सम्मेलनको आयोजना गरिएको युवा संयोजक शर्माले बताए । - दुतावासले सहयोग गर्ने यस्तै, डेनमार्क स्थित नेपाली दुतावासले यस बैठक तथा सम्मेलनको लागि आवश्यक सहयोग गर्ने भएको छ । डेनमार्कका लागि राजदुत मुक्तिनाथ भट्टले कार्यक्रम नेपाली र नेपाल सम्बन्धी रहेकोले दुतावासले गर्न सक्ने सहयोग गर्ने बताएका छन् । हालै युरोप संयोजक अर्जुन कुमार श्रेष्ठ, एन आर एन डेनमार्कका अध्यक्ष लगायतले राजदुत समक्ष भेट गरी सहयोगको लागि आग्रह गरेकोमा राजदुत भट्टले दुतावासले गर्न सक्ने सबै सहयोग गर्ने बताएका थिए । - पुर्वसन्ध्यामा पर्यटन प्रवर्द्धन हुने यसै गरी बैठक तथा सम्मेलनको पूर्वसन्ध्यामा नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धी कार्यक्रम नेपाल प्रमोशनको आयोजना गरिने भएको छ । नेपालको पर्यटन र यसको बारेमा जानकारी दिने उद्देश्यले नेपाली दुतावासको विशेष सहयोगमा उक्त कार्यक्रम आयोजना गरिने अध्यक्ष सापकोटाले बताए । विशेष गरी स्थानीय डेनिस नागरीकहरुको उपस्थितिमा यस कार्यक्रमको आयोजना गरिने छ । नेपाल चिनाउन यसले सहयोग पुग्ने भएकोले यस कार्यक्रम को आवश्यक रहेको र एनआरएन डेनमार्कले आयोजना गर्नु निकै सकारात्मक कुरा रहेको एनआरएन युरोप क्षत्रीय संयोजक अर्जुन कुमार श्रेष्ठले बताए । यस्तो कार्यक्रम अघिल्लो वर्ष पनि एनआरएन डेनमार्कले नेपाली दुतावासको सहयोगमा सम्पन्न गरेको थियो । - See more at: http://dainiknepal.com/2015/03/46495.html#sthash.C7GBvcFZ.dpuf