Navigation
Global News

बालुवाटारमा एनआरएन भवन शिलान्यास

Sep 25, 2023
foundation laying ceremony (12) २५ फागुन, काठमाडौं । बालुवाटारमा गैरआवासिय नेपाली संघ (एनआरएन)को भवन सिलन्यास भएको छ । करिव २० करोड लगानीमा निर्माण हुने भवन सोमबार प्रधानमन्त्री सुशील कोइरालाले सिलन्यास गरेका हुन् । आगामी एक वर्षभित्र भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तीन रोपनी क्षेत्रफलमा फैलिने भवन सभाकक्ष सहित अत्याधुनिक सुविधा सम्पन्न हुनेछ । अहिले नक्सा डिजाइन गर्ने काम भइरहेको जानकारी दिँदै अध्यष शेष घलेले भवन निर्माण कार्य तिब्र गतिमा अगाडि बढाउने बताए । भवन निर्माणका लागि संसारभर छरिएका गैरआवासीय नेपालीले सहयोग गरेका छन् । अध्यक्ष घलेले विभिन्न देशका करिव ४० वटा शहरमा पुगेर रकम संकलन अभियान सञ्चालन गरेका थिए । ‘मैले कार्यकाल सम्हाल्दा भवन निर्माणका लागि ३० लाख रुपैयाँ रहेको थियो’ घलेले भने ‘हामीले एनआरएनको भवन निर्माणलाइ प्राथमिकतामा राख्यौं, विगत आठ महिनामा दिनरात नभरी विश्वभर भ्रमण गरेर एनआरएन साथीहरुसँग रकम संकलन अभियान चलाएँ ।’ यस अवधिमा १९ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता आइसकेको छ । संस्थाको खातामा ७ करोड रुपैयाँभन्दा बढी जम्मा भइसकेको उनले जानकारी दिए । सन् २००३ मा स्थापित एनआरएनको करिव ७० मुलुकमा सञ्जाल विस्तार भइसकेको छ । भिडियो हेर्नुहोस् अन्य देशबाट पनि निम्ता आएको बताउँदै उनले समय मिलाएर ती देशहरुको भ्रमण गरी यो अभियानलाई पूर्णता दिने प्रतिवद्धता जनाए । ‘आजको दिन म सहित संसारभरि छरिएर रहेका सबै गैरआवासीय नेपालीका लागि सबैभन्दा खुसीको दिन हो’ अध्यक्ष घलेले भने- ‘यो केवल कार्यालय भवनमात्र नभएर संसारभरका गैरआवासीय नेपालीहरुको एकता र संस्थाको स्थायित्वको प्रतिक पनि हो ।’ आफुहरुल्े केवल सञ्जालमात्र नबनाएको दाबी गर्दै घलेले यसबीचमा अर्बौं लगानी नेपाल भित्राएको बताए । सामाजिक क्षेत्रमा पनि एनआरएनको योगदान धेरै रहेको उनको भनाई थियो । नेपालमा प्रत्यक्ष बैदेशिक लगानी भित्राउन र यहाँको सम्बृद्धिमा साझेदार बन्न एनआरएनले प्रयत्न गरिरहेका छन् । ‘विदेशमा सिकेको सीप र आर्जन गरेको पूँजीलाई नेपालको सम्बृद्धिका निमित्त लगानी गर्न पाउनु हाम्रो सबैभन्दा खुसीको कुरा हो’ उनको भनाई थियो । भवन शिलान्यान्स कार्यक्रममा सभामुख सुवास नेम्वाङ, एनआरएनका पूर्वअध्यक्ष उपेन्द्र महतो लगायतको सहभागीता थियो । कार्यक्रममा सहभागी हुन बिभिन्न देशबाट एनआरएनका प्रतिनिधिहरु काठमाडौं आएका थिए । हेर्नुहोस् भवन शिलान्यासका तस्वीरहरु foundation laying ceremony (9)foundation laying ceremony (10)foundation laying ceremony (1)foundation laying ceremony (7)foundation laying ceremony (8)foundation laying ceremony (11)foundation laying ceremony (13) foundation laying ceremony (14) foundation laying ceremony (15) foundation laying ceremony (17)foundation laying ceremony (27)foundation laying ceremony (22)foundation laying ceremony (18) foundation laying ceremony (24) foundation laying ceremony (23)foundation laying ceremony (25)foundation laying ceremony (33)foundation laying ceremony (30)foundation laying ceremony (20)
  - See more at: http://www.onlinekhabar.com/2015/03/250212/#sthash.P5Fs64Nx.dpuf