Navigation
Global News

एनआरएन अध्यक्ष शेष घलेले संघका राष्ट्रिय समितिहरुलाई अपिल

Sep 25, 2023
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चार दिनदेखि विमान अवतरण गर्न नपाएपछि विभिन्न देशका विमानस्थलमा अलपत्र परेका नेपालीहरुलाई सहयोग गर्न एनआरएन अध्यक्ष शेष घलेले संघका राष्ट्रिय समितिहरुलाई अपिल गरेका छन् । नेपाल आउने क्रममा थाइल्याण्डको बैंककमा रोकिएका घलेले सामाजिक सञ्जालमार्फत नै विभिन्न विमानस्थलहरुमा सयौं नेपालीहरु अलपत्र परेको खबर आएको भन्दै सहयोग गर्न अपील गरेका हुन् । नेपाल आउने तयारीमा रहेका नेपालीहरु खासगरी मलेसिया, थाइल्याण्ड, हङकङ, दोहा साउदी अरब लगायतका देशका विमानस्थलमा अलपत्र परेका छन् भने उनीहरुलाई खर्च तथा बसोबासको समेत समस्या हुन थालेको जनाइएको छ । अध्यक्ष घलेले ती देशका विमानस्थलमा पुगेर नेपाली दूतावास तथा नियोगसँग समन्वय गरी सहयोगमा जुट्न आग्रह गरेका हुन् । साथै उनले थाइल्याण्डमा रहेका नेपालीहरुलाई आफ्नो सम्पर्कमा आउन समेत आग्रह गरेका छन् । - See more at: http://www.nepalsandesh.com/2015/03/07/124401#sthash.MyFqJqN7.dpuf