Navigation
Global News

एनआरएन भवनका लागि युरोपबाट उठ्यो १ करोड पाँच लाख

Sep 25, 2023
काठमाडौ, पुस २३ - गैरआवासीय नेपाली संघको काठमाण्डौंमा बन्न लागेको केन्द्रीय कार्यालय भवन निर्माणका लागि युरोपका चार देशमा बसोबास गरिरहेका गैरआवासीय नेपालीहरुले एक करोड पाँच लाख रुपैयाँ संकलन गरेका छन् । गैरआवासीयनेपाली संघका अध्यक्ष शेष घलेको उपस्थितिमा डिसेम्बर अन्तिम साता जर्मनी, बेल्जियम र स्वीटजरल्याण्डमा आयोजित कार्यक्रममा सो रकम संकलन भएको संघको अन्तराष्ट्रिय समन्वय परिषद्का प्रबक्ता मन केसी जनाएका छन् ।Shesh जर्मनीको फ्याङ्कर्फटमा आयोजित कार्यक्रममा त्यस क्षेत्रमा बसोबास गर्ने गैरआवासीय नेपालीहरुले ४६ लाख रुपैयाँ संकलन गरे । यसैगरि बेल्जियममा आयोजित कार्यक्रममा ४३ लाख र नेदरल्याण्डका एनआरएन प्रतिनिधिहरुले १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । यसैगरी स्वीटजरल्याण्डको जेनेभामा आयोजित कार्यक्रममा ६ लाख रुपैयाँ संकलन भएको छ । एनआरएन अध्यक्षको यस पटकको युरोप भ्रमणका दौरान तीनवटा शहरमा आयोजित कार्यक्रमबाट कुल १ करोड ५ लाख रुपैयाँ भवन निर्माणका लागि सहयोग जुटेको हो । संघले करिव १५ करोड रुपैयाँ लागतमा काठमाडौंमा आफ्नै कार्यालय भवन निर्माण गर्ने योजना बनाएको छ । जसका लागि अध्यक्ष घलेले बिश्वभर छरिएर रहेका गैरआवासीय नेपालीको भावनात्मक एकताको प्रतिकस्वरुप सवैको सहभागिता हुने गरी रकम संकलन अभियान चलाएका छन् । 'यसपटक युरोपमा हामीले अपेक्षा गरेभन्दा निकै उत्साहजनक सहभागिता रह्यो' घलेले भने, 'एनआरएनको आफ्नै भवन बनाउने अभियानमा युरोपबासी नेपालीको ऐक्यबद्धता र हातेमालोप्रति म आभारी छु ।' 'यो अभियानमा अष्ट्रेलिया, अमेरिका, हङकङ, चीन, थाइल्याण्ड लागयतका मुलुकले सक्रिय सहभागिता जनाइसकेको बताइएको छ । युरोपका चारवटा मुलुकले पनि अध्यक्षको समुपस्थीतिमा रकम संकलन कार्यक्रम सम्पन्न गरेको हो' केसीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।