Navigation
Global News

संसदीय मिशनका सदस्यसंग सुरक्षित आप्रवासन मुद्यामा कतारमा अन्र्तकृया

Sep 25, 2023
http://www.dcnepal.us/news/news.php?nid=127343 रवि रोषी, दोहा भाद्र २६ - संसदीय मिशनका सदस्यले कतारका संघसंस्थाका प्रतिनिधीसंग सुरक्षित आप्रवासन मुद्यामा अन्र्तकृया कार्यक्रम सम्पन्न गरेको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दोहा कतारको आयोजनामा उक्त अन्र्तकृया कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा नेपालबाट अन्तर्राष्ट्रिय श्रम संगठनका गर्भनिङ्ग बडि मेम्बर विन्दा पाण्डे र एनेकपा माओवादीका तर्फ बाट संविधान सभा सदस्य जाकिर हुसेनको उपस्थिती रहेको थियो। सुरक्षित आप्रवसान सम्बन्धमा अवलोकन गर्न आएका संसदीय टोलीले उपस्थित प्रतिनिधी संग श्रमिक समस्याका बारेमा जानकारी पस्कन र जिज्ञासा राख्न आग्रह गरेको थियो । नेपाली जन सम्पर्क समितीका सभापति विमल सुवेदीले श्रमिकका समस्या अवलोकन गर्ने र निदान गर्ने बहानामा कतारमा हुन गइरहेको विश्वकप २०२२ लाई जोडेर अभियानमा सरिक हुँदै गर्दा नेपालीको रोजगारलाई कतारमा कतै जोखिम हुने त होइन ? यस बारेमा नेपालबाट आउने भ्रमण टोलीले हेक्का राख्नु पर्ने सुझाव दिनुभयो। विभिन्न समस्याको जटिलताको बारेमा जानकारी गराउँदै कतारमा आउने हाउसमेड, घरेलु ड्राइभर तथा कृषि फार्ममा काम गर्ने नेपाली श्रमिकहरुलाई आमश्रमिक आए जस्तै गरी कतार आउने वातावरण सहज गर्न नितान्त अपरिहार्य रहेको बताउनुभयो। महिला समाजकी नेतृ रेखा राईले कतार आएर उठान गरिएका समस्याहरुको लिस्ट एयरपोर्टमा नै नहराओस् भन्दै विभिन्न श्रोतहरुबाट प्राप्त रकम पचाउने बहाना त होइन ? भनी टोलीलाई जिज्ञासा राख्नुभयो। अरुको देशमा आएर आफ्नो कानून लाद्न खोज्नु न्याय संगत नहुने बताउँदै एन आर एन ए का संस्थापक उपाध्यक्ष डा. देवकाजी डंगोलले कतारको नियम कानूनलाई सम्मान गरेर मात्र कुनै पनि गतिविधी गर्नुपर्ने बताउनुभयो। गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष टि.बि. कार्कीले श्रमिकहरुको मामिला हेर्ने नेपालका निकाय तथा श्रमिक निर्यात गर्ने निकायले आफ्नो कमी कमजोरी सुधार्न नसकेको र जब सम्म यस्ता कुराहरुमा ध्यान दिन सकिदैन, तब सम्म अरु संग हामीले श्रमका लागि आश्रित देशसंग आफ्नो अप्ठ्यारो बताएर कुनै लाभ नहुने बताउनुभयो। कार्कीले ९ज्गmबल त्चबााष्अ० माफियातन्त्रलाई राज्य संयन्त्रले तह नलगाए सम्म यस्ता कार्यहरुको कुनै पनि औचित्य नहुने बताउनुभयो । कुवेतमा महिला कामदारको आयात निर्यात प्रकरणमा रकमको चलखेल गर्दै आइएनजीओ नै सक्रिय रहेको पनि उहाँले आरोप लगाउनुभयो। अझपनि दुईथरि सम्झौतापत्रबाट नेपाली श्रमिकहरुले उन्मुक्ति पाउन नसकेको बताउँदै उठान भएका सबै गम्भीर समस्याको बारेमा आउँदो सार्क सम्मेलनमा पेश गरी निकासको मार्ग तयार गर्न कमलमणि गुरागाईंले सुझाव दिनुभएको थियो। अन्तर्राष्ट्रिय श्रम संगठनका गर्भनिङ्ग मेम्बर विन्दा पाण्डेले जवाव दिने क्रममा संसदमा यहाँका समस्यालाई सम्बोधन मात्र गर्ने नभै यसको समाधानको लागि पनि दवाव दिनको लागि अवस्था र समस्या संकलनका लागि कतार आउनुपरेको बताउनुभयो । सवै देशका श्रमिकहरुको सामूहिक समस्याको आवाजलाई आइ एल ओ मार्फत लैजानकै लागि सबैका समस्याका बारेमा स्थलगत अवलोकन गर्नु परेको बताउनुभयो। नेपाल श्रमिक निर्यात गर्ने देश भएको हुनाले र अधिकांश दक्षिण एसियाली मूलुकका नागरिकहरु मध्यपूर्व एसियमा काम गर्न आउने भएको हुनाले सबैको सामुहिक समस्यालाई आउँदो नोभेम्बरमा नेपालमा हुन गैरहेको दक्षिण एसियाली मुलुकको बैठकमा राखिनु सान्दर्भिक हुने बताउनुभयो। श्रमिकको मुद्धाको बिषयमा दक्षिण एसियाली मुलुकका ट्रेड युनियनहरु संग २,३ पटक गम्भीर छलफल भैसकेको पनि पाण्डेले खुलासा गर्नुभयो । सार्कमा रोजगारदाताहरुको कुरालाई मात्र सम्बोधन गरिएको तर श्रमिकहरुको बारेमा कहिँ कतै नसमेटिएको हुनाले पनि अब हुने सार्क सम्मेलनमा तत्सम्बन्धी बिषय र समस्याको बारेमा उठाउनु अनिवार्य रहेको बताउनुभयो। नेपाल सरकारले आफुलाई श्रमिक निर्यात गर्ने देश भन्दै आएकोमा यसलाई आइ एल ओ ले नैतिकताको आधारमा आवाज उठाउनु आफ्नो दायित्व रहेको बताउँदै आप्रवासन र ट्रेड युनियनको इस्युलाई सार्कमा पेस गर्न नसकेको हुनाले पनि नेपालमा हुन गइरहेको सार्क सम्मेलनमा यस बिषयलाई उच्च महत्वको साथ पेस गर्ने र सिर्जित समस्याको लागि आवाज उठाउन दवाव दिने बताउनुभयो। बोल्ने क्रममा एनेकपा माओवादीका तर्फ बाट संविधान सभा सदस्य जाकिर हुसेनले मध्यपूर्व लगायत कतारका नेपाली श्रमिकका समस्यालाई आफ्नो तर्फबाट समाधानका लागि संविधान सभा सदस्यको हैसियतले गम्भीर रुपमा बहस गर्ने र निकास खोज्ने बताउनुभयो। कार्यक्रमको अन्त्यमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दोहा कतारका अध्यक्ष मक्सुद आलमले यस्ता कार्यक्रमहरु गर्दा राज्यसंग सहकार्य गर्दै आएमा यहाँको सम्बन्धित निकायसम्म पुग्न सजिलो हुने र यस्ता कार्यक्रमले सार्थकता पाउने बताउनुभएको थियो। यस अन्र्तकृया कार्यक्रममा उठान भएका गम्भीर बिषयहरुलाई संविधान संभामा स्पष्ट राखि निकास खोजिदिन एनेकपमा माओवादीका तर्फबाट संविधान सभा सदस्य जाकिर हुसेन र अन्तर्राष्ट्रिय श्रम संगठनका गर्भनिङ्ग मेम्बर विन्दा पाण्डेलाई आग्रह गर्नुभयो।