Navigation
Global News

सुनकोशी पीडितको सहयोगमा जुट्यो एनआरएनए

Sep 25, 2023
कान्तिपुर सम्वाददाता  
न्डन, श्रावण २१ - गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदले अघिल्लो साताको भिषण पहिरोले सुनकोशी नदी थुनिएर ठूलो जनधन क्षती भएकामा दुःख व्यक्त गर्दै पीडितहको सहयोगका लागि काम थालेको छ । अध्यक्ष शेष घलेको निर्देशनमा परिषदको मानवीय सहायता समितिले सहयोग संकलन थालेको हो । मानवीय सहायता संकलनका लागि संस्थाका महासचिव एवं समिति संयोजक कुमार पन्त र अन्तर्राष्टिय समन्वय परिषद सदस्य सहसंयोजक कुल आचार्यलाई जिम्मा दिइएको छ । 'यस प्राकृतिक बिपत्तिमा पीडितलाई सहयोग गर्नु हामी सबैको दायित्व पनि हो', आचार्यले भने, 'विश्वव्यापी रुपमा आर्थिक सहयोग संकलन सुरु भइसकेको छ ।' उनले पीडितको सहयोगका लागि सबैमा आग्रह समेत गरेका छन् ।   प्रकाशित मिति: २०७१ श्रावण २१ ०२:५९