Navigation
Global News

पपुवान्यूगिनीमा एनआरएन

Sep 22, 2023

अष्ट्रेलिया, वैशाख ३० – पपुवान्युगिनीमा आप्रवासी नेपाली संगठन (एनआरएन) को स्थापना गरिएको छ । एनआरएनको ६९औं शाखाको रुपमा स्थापना गरिएको संस्थाको अध्यक्षमा राज बहादुर शाही चुनिएका छन् ।

कार्यसमितिका अन्य सदस्यहरुमा क्रमश उपादक्ष्य, महासचिव र सचिवमा धिरेन्द्र चौधरी, राजेन्द्र तिरुवा र लाल थापामगर छानिएका छन् । यसैगरि कोषादक्ष्यमा चित्र गुरुङ, पब्लिक अफिसरमा भुपेन्द्र पुरी, युवा संयोजकमा बुद्धि गुरुङ्ग, महिला संयोजकमा अनिता तिरुवा र याम गुरुङ आइसिसी सदस्य चुनिएका छन् । कार्यसमितिका अन्य सदस्यहरुमा राजु थापा, बाबु पन्त, कृष्ण कटुवाल, श्याम श्रेष्ठ, सन्जिव सिंह, देव बहादुर थापा र घनश्याम बस्नेत छन् ।

शनिबार पपुवान्युगिनीको पोर्टमस्र्बीमा आयोजना गरिएको एक कार्यक्रममा एनआरएन आइसिसी संयोजक इन्द्रा वन, सचिव रन्जु थापा, ओसिनिया संयोजक बिष्णु हमाल, सदस्य भैरव ढकाल, एनआरएन अष्ट्रेलियाका सचिव भरत पोखरेल लगायतको सहभागिता थियो । पपुवान्युगिनीमा करिब १ सयको हाराहारीमा मात्र नेपालीहरुको बसोबास रहेको छ ।

– See more at: ekantipur.com/np/2071/1/30/full-story/389122.html#sthash.J4WDIOfw.dpuf