NRNA र नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वीच सहमति पत्रमा हस्ताक्षर

Posted On: March 05, 2018

२०१८ मार्च ५ । गैरआवासीय नेपाली संघ र नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वीच नेपालमा सडक सुरक्षा सम्बन्धी ज्ञान र सीपलाई आदान प्रदान गर्ने, गैरआवासीय नेपालीहरुको सडक सुरक्षा सम्बन्धी ज्ञानलाई नेपालका सडक सुरक्षा काममा प्रयोग गर्ने, सडक सुरक्षा कार्यमा सहकार्य गर्ने जस्ता बुँदाहरु समेटेको सहमती पत्रमा हस्ताक्षर भएको छ ।

सहमती पत्रमा संघका तर्फबाट अध्यक्ष भवन भट्टले र मन्त्रालयका तर्फबाट मन्त्रालयका सचिव देवेन्द्र कार्कीले हस्ताक्षर गर्नु भयो । सहमती पत्र अन्तर्गत सडक सुरक्षा सम्बन्धि ज्ञान र सीपको आदान प्रदानका साथै सडक सुरक्षा बढाउने उद्देश्य नै एक Demonstration परियोजना संचालन गर्ने सोच गैरआवासीय नेपाली संघको रहेको छ । स्मरण रहोस गैरआवासीय नेपाली संघले सडक सुरक्षा समबन्धमा नै नेपाल इन्जिनयर्स एसोशिएसन संग सहमति पत्रमा हस्ताक्षर गर्नुका साथै संघले सडक सुरक्षा सम्बन्धि एक उपसमिति नै गठन गरी काम अघि बढाएको छ ।

गैरआवासीय नेपाली संघ सचिवालय ।

Share Your View

Event Calendar

<<    October 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
Download

Subscribe Newsletter