गैरआवासीय नेपलाी संघ पाँचौ मध्यपूर्व क्षेत्रिय भेलाले २२ जुलाई २०१६, शुक्रवार घोषणा गरिएका निर्णयहरु

Posted On: July 23, 2016
गैरआवासीय नेपलाी संघ पाँचौ मध्यपूर्व क्षेत्रिय भेलाले २२ जुलाई २०१६, शुक्रवार घोषणा गरिएका निर्णयहरु ।
_DSC0066

पूर्ण सामाजिक सुरक्षा सहितको सम्मानित वैदेशिक रोजगार, समून्नत राष्ट्र निर्माणको आधार भन्ने नारा सहित मिति २१ देखि २२ जुलाई २०१६ , कतारको दोहामा आयोजित पाँचौं मध्यपूर्वीय क्षेत्रीय भेलाका निर्णयहरु ।

१. वैदेशिक रोजगारीमा जानेका लागि गन्तव्य मूलुकमै पूनः श्रम तथा विमा स्विकृतिको व्यवस्था मिलाउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरियो ।
२. गैरआवासीय नेपाली संघका मध्यपूर्व क्षेत्रीय भेलाहरुले विगत देखिनै उठाएका विषयहरु तथा निर्णयहरुमा उल्लेख भएका वुंदाहरु कार्यान्वयनका लागि पहल र अनुगमन गर्न प्रत्येक राष्टिय समन्वय परिषद्बाट अध्यक्षले प्रतिनिधित्व गर्ने गरी क्षेत्रिय संयोजकको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरीयो ।
३. राष्ट्रिय समन्वय परिषद्हरुलाई विधिवत रुपमा सम्वन्धित राष्ट्रमा दर्ता गराउन परराष्ट्र मन्त्रालय संग समन्वय गरी आवश्यक सिफारिस प्रदान गर्न अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई आग्रह गर्ने तथा सम्वन्धित राष्ट्रका कानून व्यवशायीहरुको परामर्श लिई दर्ता प्रकृया अगाडी वढाउने निर्णय गरियो ।
४. वैदेशिक रोजगारको लागी रोजगारदाता कम्पनीबाट आउने माग पत्रहरुमा सम्वन्धित मूलूकको जुनसुकै निकायले प्रमाणित गरेपनि संवन्धित मूलूकमा रहेको नेपाली दूतावास वाट अनिवार्यरुपमा प्रमाणित गर्ने व्यवस्थाको लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरियो ।
५. वैदेशिक रोजगारीमा गएर फर्केकाहरुलाई घरयासी प्रायोजनको लागी तोकिएको मात्रमा छापावाल (काँचो) सुन ल्याउन पाउने झिटिगुण्टा सम्वन्धि परिवर्तन नियमलाई पूर्ववत व्यवस्थालाई नै कायम राखि हाल भई रहेको हुण्डी र तस्करीे निरुत्साहित गर्न नेपाल सरकारलाई अन्तर्राष्ट्रिय समन्वय परिषद् मार्फत अनूरोध गरीन्छ ।
६. यूएईको दुवईमा कन्सुलेट, तथा लेवनान र ईराकमा कुटनैतिक निकाय स्थापनाको लागि नेपाल सरकारलाई अन्तर्राष्ट्रिय समन्वय परिषद् मार्फत अनुरोध गर्ने निर्णय गरियो ।
७. मध्यपूर्वमा रहेका वहराईन, कुवेत र साउदी अरेविया नेपालीहरुको वढी जनघनत्व रहेकोले उक्त मुलुकहरुमा सिधा उडान गर्नको लागी पहल गर्न नेपाल सरकारलाई अन्तर्राष्ट्रिय समन्वय परिषद् मार्फत अनुरोध गर्ने निर्णय गरीयो ।
८. वैदेशिक रोजगारी सम्वन्धि निति निर्माण गर्ने हरेक समितिमा गैरआवासीय नेपाली संघको प्रतिनिधित्व गर्ने गरी समिति निर्माण गर्न नेपाल सरकारलाई अन्तर्राष्ट्रिय समन्वय परिषद् मार्फत अनुरोध गर्ने निर्णय गरियो ।
९. वैदेशिक रोजगार नियमावली २०६४ वमोजिम कम्तीमा एक हजार महिला कामदारका लागी महिला श्रम सहचारी तथा ५ हजार पुरुष कामदारको लागि श्रम सहचारीको व्यवस्था साथैे पिडित महिला तथा पुरुष कामदारहरुको लागि आश्रय स्थलको व्यवस्था गर्न अन्तर्राष्ट्रिय समन्वय परिषद् मार्फत नेपाल सरकार संग अनूरोध गर्ने निर्णय गरियो ।
१०. यस भेलाले मध्यपूर्व क्षेत्रका पर्यटकहरुलाई नेपालमा रहेको अपार पर्यटन प्रवद्धनमा आकर्षित गर्न यस क्षेत्रमा रहेका गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद्हरुले पहल गर्ने निर्णय गरियो ।
११. भिजीट भिषा प्रयोग गरी मध्यपूर्व क्षेत्रमा वैदेशिक रोजगारमा देखिएको विकृतिलाई रोक्न नेपाल सरकार संग अन्तर्राष्ट्रिय समन्वय परिषद् मार्फत अनुरोध गरिन्छ ।
१२. मध्यपुर्व क्षेत्रमा रहेका नेपालीहरुको उद्यमशिलता विकास तथा व्यापार व्यवशाय प्रवद्र्धनको लागि सम्वन्धित मूलूकको दूतावास संग संवन्वय गर्ने निर्णय गरियो ।
१३. मध्यपूर्व क्षेत्रमा रहेका अधिकाँश नेपाली दूतावास एवं कन्सुलेटमा जनशक्ती वढाई सेवा प्रदान गर्न नेपाल सरकार संग अन्तर्राष्ट्रिय समन्वय परिषद् मार्फत अनुरोध गर्ने निर्णय गरियो ।

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter