एनआरएनए कतारको निर्वाचन डिसेम्बर २५ मा

Posted On: December 13, 2015

घनश्याम पराजुली (कृष्ण)
दोहा । एनआरएनए एनसीसी कतारको निर्वाचन यही डिसेम्बर २५ तारिकमा हुने भएको छ । विहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म प्रत्यक्ष मतदान हुनेछ ।

nrna-ncc qatarगत अगष्टमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको छैटौ राष्ट्रिय महाधिवेशन सम्पन्न भइसकेको छ । महाधिवेशन सम्पन्न भइसकेको ४ महिना पछि फेरी कतारमा एनआरएनएको निर्वाचन प्रक्रिया शुरु भएको छ ।

निर्वाचन प्रकृया अन्तर्गत निर्वाचन समितिले गत २१ अगष्ट २०१५ मा पहिलोपटक प्रत्यक्ष मतदान गर्ने भनेको थियो । विभिन्न कारणवस दूतावासमा मतदान गर्न नमिल्ने बताएपछि प्रत्यक्ष मतदान प्रक्रिया सेलाएको थियो । दूतावासमा प्रत्यक्ष मतदान गर्न नसक्ने भएपछि निर्वाचन समितिले गत १८ सेप्टेम्बरमा दोस्रोपटक अनलाइन मतदान प्रक्रियामार्फत् निर्वाचन सम्पन्न गर्ने भनेको थियो ।

नेपालबाट अनलाइन भोटिङका लागि प्राविधिक टोलीसमेत कतार आएको थियो । अनलाइन भोटिङको सम्पूर्ण तयारी गरिसकेको निर्वाचन समितिले अन्तिम समयमा विभिन्न जटिलताको कारण देखाइ अनलाइन भोटिङ समेत स्थगित गरेको थियो । विभिन्न कारण देखाइ दुतावासमा प्रत्यक्ष मतदान गर्न नमिल्ने बताएको कतारस्थित नेपाली दूतावासले २५ डिसेम्बरका लागि भने मतदानका लागि स्थान उपलब्ध गराउने भएको छ ।

निर्वाचन समितिले जारी गरेको सूचनाअनुसार गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले दिएको थप म्याद भित्र उक्त कार्य सम्पन्न गर्नका लागि उम्मेदवारहरु, एनसीसीका पूर्वअध्यक्ष, आइसीसीका पदाधिकारी, प्रमुख बैचारिक संस्था तथा जनजाती महासंघका प्रतिनिधिहरुको बिशेष आग्रहमा नेपाली राजदूतावासले कार्यसमिति चयन कार्यको लागि स्थान उपलब्ध गराउन सहमत भएको उल्लेख छ ।

सूचनामार्फत निर्वाचन समितिले स्थगित निर्वाचन प्रत्यक्ष मतदान प्रणालीमा सहभागिताको लागि सम्पूर्ण पञ्जिकृत सदस्य तथा उम्मेदवारहरुलाई अनुरोध गरेको छ । त्यस्तै निर्वाचन समितिले एनआरएनए एनसीसी कतारको २०१५-२०१७ को कार्यसमिति चयन कार्यलाई सौहाद्रपूर्ण वातावरणमा सम्पन्न गर्न सहयोग गर्नका लागि सम्पूर्ण पञ्जिकृत सदस्य तथा उम्मेदवारहरुसँग अपिलसमेत गरेको छ ।

– See more at: http://www.onlinekhabar.com/2015/12/360887/#sthash.8E33zMso.dpuf

Share Your View

Event Calendar

<<    October 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
Download

Subscribe Newsletter