एनआरएनए एनसिसी कतारको समन्वयमा खेलकुद तथा सांगितिक कार्यक्रम

Posted On: February 22, 2014


नेपालकतार न्यूज सम्बाददाता, घनस्याम पराजुली (कृष्ण), दोहा (कतार)– गैर आवासिय नेपाली संघ , राष्ट्रिय समन्वय परिषद कतारको सम्वन्यमा दोहा स्थित अल अरविक स्पोटस् क्लवमा नेपाली सांगितिक कार्यक्रमका साथमा क्लव स्तरिय मैत्रिपुर्ण फुटबल खेल सम्पन्न भएको छ ।

करिव नौ हजार नेपाली दर्शकहरु उपस्थित रहेको कार्यक्रममा नेपालबाट आएका चर्चित गायक याम बराल र गायिका रेश्मा सुनुवारको बजोड सांगितिक प्रस्तुतीले भरपुर मनोरन्जन दिएका थिए । नेपालको रंगशालाको झल्को आउने उक्त मैदानमा रेश्मा सुनुवारको आकाशैको झिलमिल तारा तारै सँग नाचु लाग्छ र याम बरालको मोहनी लाग्ला है गाउलेको बोलीले बोलको गित लगायतका सांगितिक प्रस्तुतीले दर्शकहरुलाई नचाएका थिए । त्यस्तै कतारमा सांगितिक क्षेत्रमा क्रियाशिल कलाकारहरु नवगायक धुर्ब बि.सी.,गैर आवासीय नेपाली तारा बिरेन्द्र श्रेष्ठ साथै शिवनारायण चौधरी र दिवस याख्खाको सांगितिक प्रस्तुती रहेको थियो ।अल अरविक स्पोटस् क्लव र अल खर्तियात क्लब विचको मैत्रिपुर्ण खेलमा ३ गोल गरेर अल खर्तियात क्लब विजयी बनेको छ । अल अरविक स्पोटस् क्लवले नेपाली खेलप्रेमी दर्शकहरुका लागी भाग्यशाली उपहारको व्यवस्था गरेको थियो जसमा खेल सकिए लगतै लक्की ड्र बाट नेपाल जाने हवाई टिकट ३० जनालाई , सामशुङ्ग मोवाईल २५ जनालाई र कतारको पाचतारे होटलको डिनर कुपन ४० जनालाई क्लव व्यवस्थापक जकरिया र सुपरभाईजर अहमदले वितरण गदै उपस्थित सम्पुर्णमा धन्यवाद प्रकट गरेका थिए ।

अल अरविक स्पोटस् क्लवको सहयोगमा गैर आवासिय नेपाली संघ , राष्ट्रिय समन्वय परिषद कतारले आयोजना गरेको सांगितिक कार्यक्रम भव्यताका साथ सफल बनाउनका लागी अहोरात्र मेहनत गर्ने एनसीसी कतारका पदाधिकारीहरु ,सहयोग गर्ने कतारमा स्थिापित विभिन्न संघ सस्थाहरु , समाजसेवि , व्यवसायी ,पत्रकार साथै उपस्थित दर्शकहरुलाई एनआरएनए एनसिसी कतारका अध्यक्ष मुक्साद आलमले धन्यवाद तथा आभार प्रकट गर्दै भाग्यमानी विजेता दर्शकहरुलाई बधाई दिएका थिए । त्यस्तै गैर आवासिय नेपाली संघ , राष्ट्रिय समन्वय संघ कतारले आउदो मार्च ७ तारिकका दिन नेपाली दुतावासमा आयोजना गर्न गईरहेको खुल्ला रक्तदान कार्यक्रममा सहभागिताको लागि आग्रह गरेक थिए ।

गैर आवासिय नेपाली संघ , राष्ट्रिय समन्वय परिषद कतारले अल अरविक स्पोटस् क्लव सँग सहकार्य गरी विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यस्ता कार्यक्रमबाट कतारमा रहेको नेपाली समुदाय विचमा आपसी सहकार्य तथा एक्यबद्धता रहने साथै कतारमा नेपाली समुदायका लागी केही राम्रो कार्य गर्न सक्ने बलियो सम्भावना हुन्छ । कार्यक्रमको सफलतालाई एनआरएनए एनसिसी कतारले महत्वपुर्ण उपलब्धिको रुपमा लिएको छ ।

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter