२५६२ औ बुद्ध जयन्ती कतारमा भब्यताका साथ सम्पन्न

Posted On: May 27, 2018

गैर आवासीय नेपाली संघ,रास्ट्रीय समन्वय परिषद कतारको समन्वयमा कतारमा अवस्थित विभिन्न ८० भन्दा बढी सस्थाहरुको संयुक्त आयोजनामा विश्व शान्तीका अग्रदुत भगवान गौतम बुद्धको २५६२औ जन्म जयन्ती कतार स्थित नेपाली राजदुतावासमा गत मे ४ शुक्रवारका दिन एक समारोहका बिच धुमधामका साथ सम्पन्न भएको छ।

नेपाल प्रबासी तामाङ समाज कतारद्वारा सन २००६ देखि बुद्ध जयन्ती मनाउन शुरु गरिएको थियो भने सन २००७ मा तमु बौद्ध गुरुङ समाज कतार र नेपाल प्रबासी तामाङ समाज कतारको संयुक्त आयोजनामा बौद्ध जयन्ती मनाईएको थियो उक्त कार्यक्रमलाई निरन्तरता दिदै गत शुक्रबार एन आर एन ए (एन सि सि)कतारको समन्वय तथा कतारमा अवस्थित विभिन्न ८० भन्दा धेरै संघ सस्थाहरुको आयोजनामा मनाईएको हो।

बिहान करिब ८ बजे देखि नै लामा गुरुबाट बिभिन्न मौलिक पद्धतिबाट पुजा अर्चना तथा पाठ पढ्दै शुरु गरिएको थियो।

लामा गुरुहरुले पुजा पाठ र विधि गरिसके पछी फुल पाती फलफुल र भेटी सहित सर्बसाधारणले भगवान गौतम बुद्ध प्रती स्रद्धा र सम्मान सहित उनिले देखाएका बाटाहरु र बाणीहरुको स्मरण गर्दै पुजा अर्चना गरेका थिए भने लामा गुरुहरुले मन्त्र उच्चारण गर्दै माला र प्रशाद ग्रहण गराएका थिए।

परम्परागत रुपमा पुजाआजा तथा प्रशाद ग्रहण गरिसकेपछी कार्यक्रम औपचारिक रुपमा अगाडि बढेको थियो।एन आर एन (NCC) का अध्यक्ष नवीन पोख्रेलको सभापतित्वमा भएको उक्त समारोहका प्रमुख अतिथी नेपाली दूतावास कतारका महामहिम रमेश प्रसाद कोईराला हुनुहुन्थ्यो भने कतारमा अवस्थित बिभिन्न सघ सस्थाका प्रतिनिधिहरु लगाएत नेपाली दाजुभाई तथा दिदिबहिनी हरुको उल्लेख्य उपस्थिति थियो।

नेपाली राष्ट्रिय गानबाट शुरु भएको कार्यक्रममा विभिन्न बक्ताहरुले बोल्दै कार्यक्रम सफलताको शुभकामना दिएका थिए भने बुद्ध धर्म र बुद्धले देखाएको बाटोलाई दैनिक जिवनमा लागू गर्नुका साथै उनिले दिएका बाणिहरु अनुशरण गर्नुपर्नेमा जोड दिएका थिए।आगामी दिनहरुमा पनि आफ्नो धर्म सस्कृती मौलिक परम्परालाई कायम राख्नुपर्नेमा समेत बताएका थिए।

कार्यक्रममा आदिबासी जनजाति मगर संघका शेर बहादुर मगरले बुद्धको बारेमा लेखिएको दर्शन जिवनी शैली वाणी धर्म ग्रन्थ उनिले सिकाएका ज्ञान लगाएत उहाँको विभिन्न कुरा समेटिएको तीन पेजको संक्षिप्त जानकारी पढेर सुनाएका थिए।समारोहका प्रमुख अतिथि तथा मुख्य आकर्षक नेपाली कुटनैतिक नियोगका महामहिम राजदुत रमेश प्रसाद कोईरालाले सम्पुर्ण उपस्थित प्रति २५६२ औ बुद्ध जयन्तीको उपलक्ष्यमा शुभकामना दिदै” बुद्धम शरणम गच्छामी”, “धम्मम शरणम गच्छामी”,”सङ्गम शरणम गच्छामी”को बिस्तृत जानकारी दिदै भगवान गौतम बुद्धले अनुशरण गर्नुभएका केही बिधिहरु समेत बताउनु भयो।

सिदार्थ गौतम कसरी गौतम बुद्ध बने भन्ने जानकारी गराउदै “भित्र गयो र बाहिर गयो” जस्ता सामान्य लाग्ने तर जीवन उपयोगी बिधीहरु समेत बताउदै मन कन्ट्रोल गर्ने तरिकाहरु समेत सुनाउनु भयो। नेपाली सास्कृतिक सामाजिक कार्यक्रमको लागि आफू र नेपाली दुताबास सधै सकारात्मक रहेको जानकारी गराउनु भएको थियो।

कार्यक्रमको अन्त्यमा सभापती नवीन पोख्रेलले २५६२ औ बुद्ध जयन्ती समारोहमा विभिन्न संघ सस्था प्रतिनिधिहरु बुद्धिजीवी ब्यापारी कलाकार पत्रकार बुद्धप्रेमी उपस्थित दाजुभाई तथा दिदिबहिनिहरुलाई धन्यबाद दिदै उपचारिक कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए।उक्त समारोहको सन्चालन भने एन आर एन ए( एन सि सि) महासचिब बुधबल गुरुङले गरेका थिए।

Share Your View