सुनकोशी पीडितको सहयोगमा जुट्यो एनआरएनए

Posted On: August 06, 2014

कान्तिपुर सम्वाददाता

 

न्डन, श्रावण २१ – गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदले अघिल्लो साताको भिषण पहिरोले सुनकोशी नदी थुनिएर ठूलो जनधन क्षती भएकामा दुःख व्यक्त गर्दै पीडितहको सहयोगका लागि काम थालेको छ । अध्यक्ष शेष घलेको निर्देशनमा परिषदको मानवीय सहायता समितिले सहयोग संकलन थालेको हो । मानवीय सहायता संकलनका लागि संस्थाका महासचिव एवं समिति संयोजक कुमार पन्त र अन्तर्राष्टिय समन्वय परिषद सदस्य सहसंयोजक कुल आचार्यलाई जिम्मा दिइएको छ ।

‘यस प्राकृतिक बिपत्तिमा पीडितलाई सहयोग गर्नु हामी सबैको दायित्व पनि हो’, आचार्यले भने, ‘विश्वव्यापी रुपमा आर्थिक सहयोग संकलन सुरु भइसकेको छ ।’

उनले पीडितको सहयोगका लागि सबैमा आग्रह समेत गरेका छन् ।

 

प्रकाशित मिति: २०७१ श्रावण २१ ०२:५९

Share Your View

Event Calendar

<<    October 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
Download

Subscribe Newsletter