सामुदायिक सस्कृतिको मनोरञ्जनसंगै फुटबल खेल हेर्न पाउने l

Posted On: March 18, 2017

दोहा l विश्वकप छनौट खेल अन्तर्गत हुन  यो बिहिबार कतार र इरानको फूटबल खेल हुने  भएको छ  l आगामी २३ मार्चमा हुन गईरहेको खेल कतारको अलसाद फुटबल स्टेडियममा   हुने  भएको हो l  यसै फूटबल खेलका बीच कतारमा हुन गईरहेको विश्वकप फुटबल प्रतियोगिता हेर्ने फिफाको उच्च निकाय कतारमा कम्युनिटी फेस्टिवल मनाउने तयारी समेत गरेको छ l

 

कम्युनिटी फेस्टिवलमा   नेपाली समुदायका तर्फबाट एनआरएन एनसीसी कतारले प्रतिनिधित्व गर्ने छ l  फेस्टिवलका लागी नेपाल सहित अन्य  राष्ट्रहरुले समेत सहभागिता जनाउने भएका छन् l अन्य सहभागी राष्ट्रहरुमा भारत, केन्या, श्रीलंका, घाना, नाइजेरिया, इन्डोनेसिया, बंगलादेश, मलेसिया, पाकिस्तान र फिलिपिन्स रहेका छन् l

 

सम्पूर्ण समुदायहरुलाई  ३/३ मिटरको एक/एक  ओटा स्टल  दिईने भएको छ l त्यहाँ  आ-आफ्नो  मुलुकका प्रतिनिधित्व गर्दै आएका समुदायले  आफ्नो कला, सस्कृति, परम्परा लगाएत  पर्यटन सम्बन्धि विभिन्न सामग्री, साथै नेपाल र नेपाली पहिचाहन बोकेका कुनै पनि कला र सस्कृतिको प्रवर्द्धन गर्न सकिने छ l   साथै प्रत्यक समुदायको लागी  कार्यक्रममा  आ-आफ्नो सस्कृति झल्कने २ ओटा  सास्कृतिक कार्यक्रम देखाउनको लागी  १० मिनेटको समय छुट्याइएको छ l

 

नेपाली समुदायका परिवार तथा खेल प्रेमी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले  सामुदायिक कला सस्कृतिमा मनोरञ्जन लिदै खेलको मज्जा लिन सक्ने छन् l  साथै कतार र  इरानको फुटबल खेल तथा कार्यक्रमको टिकट गेट पासको लागी एनआरएन एनसीसी कतारसंग सिधा  सम्पर्क  गर्न सकिने छ l

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter