श्रद्धान्जली सभा सम्पन्न

Posted On: May 07, 2015

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले आज ७ मईका दिन महाभुकम्प गएको १३ औ दिन पारेर सो घटनामा दिवंगत आत्माहरुको चिरशान्तीको कामना गर्दै संयुक्त श्रद्धान्जली सभा सम्पन्न् गरेकोछ । नेपाली राजदुतावासका कार्यबहाक राजदुत श्री मणीरत्न शर्मा, द्धितिय सचिव श्री नितेस सापकोटा, एनआरएनए आइसीसी मध्यपुर्व क्षेत्रीय उपसंयोजक श्री पुर्ण के सी, संस्थापक उपाध्यक्ष देवकाजी डंगोल, सदस्य उमेश अधिकारी लगायत एनआरएनए कतारका अग्रजहरु, विभिन्न संघ संस्थाका प्रमुखहरु, एनआरएनहरु तथा पत्रकारहरु उपस्थित सो सभा एनसीसीका कार्यबहाक अध्यक्ष कुमार कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो । आ आफ्नो शोक मन्तव्य राख्दै कार्यबहाक राजदुत शर्मा, पुर्ण के सि, उमेश अधिकारी, गुरुनारायण रानाभाट, देवकाजी डंगोल, बिनेश तामाङ, आर के शर्मा, रामहरी गैरे, गणेश बन्जाडे, प्रेम बि. क, युवराज पाण्डे, भविन्द्र तामाङ, योगेन कार्की र शिव खड्काले सम्पूर्ण मृतकहरु प्रति श्रद्धान्जली अर्पण गर्दै रहात र उद्धारलाई थप प्रभावकारी बनाउनु पर्ने कुरामा जोड दिनु भएको थियो । एनसीसी कतारका महासचिव बिनोद भट्टराईद्धारा संचालित सो कार्यक्रममा मृतकहरुको सम्झनामा मौन धारण तथा दिप प्रज्ज्वलन गरिएको थियो ।
भुकम्प पिडितहरुको लागि एनसीसीले हाल सम्म करिब ५५ हजार रियाल जम्मा गरिसकेकोछ भने थप संकलन हुने क्रम जारी छ । कतारबाट विभिन्न संघ संस्थाहरु, कम्पनीहरु, व्यक्तित्वहरु बाट उल्लेख्य नगद तथा जिन्सी सहयोग गइरहेकोछ ।

 

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter