राष्ट्रिय पर्वहरुको शुभकामना आदान प्रदान, बधाई तथा पुरस्कार वितरण कार्यक्रम
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले गत ९ जनवरीका दिन राष्ट्रिय पर्वहरु त ल्होसार, २८५० औ सोनाम ल्होछार, ग्याल्बो ल्होछार तथा माघिको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेकोछ । एनआरएन एनसीसीका अध्यक्ष मक्सुद आलमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि एनआरएनए आइसीसीका उपाध्यक्ष श्री टि वि कार्की, बिषेश अतिथि आइसीसी मध्यपुर्व क्षेत्रिय उप–संयोजक श्री पुर्ण के. सि तथा एनसीसी सल्लाहकार संयोजक श्री अमृत गुरुङ हुनुन्थ्यो । कार्यक्रममा एनसीसी सल्लाहकारहरु श्री गुरुनारायण रानाभाट, श्री दिल किरण खजुम, श्री विनेश तामाङ, श्री भिम घले, श्री आर के शर्मा, श्री रविकान्त लाल, तमु समाज कतारका अध्यक्ष बिमल गुरुङ, नेपाल प्रवासी मगर समाज कतारका अध्यक्ष शरण, प्रवासी तामाङ समाज कतारका अध्यक्ष माइला वाइवा, थारु कल्याणकारीणी सभा कतार च्याप्टरका अध्यक्ष सत्य नारायण चौधरीका साथै अन्य विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, खेलाडी कलाकार, पत्रकार लगायत एनआरएनए सदस्यहरुको उपस्थितिरहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि श्री टि. बि. कार्कीका साथै अन्य बिषेश अतिथिहरु तथा अतिथिहरु पूर्ण के. सि., अमृत गुरुङ, दिल किरण खजुम, गुरुनारायण रानाभाट, बिनेश तामाङ, आर के शर्मा, रमजान अलि मिया, बिमल गुरुङ, शरण थापा मगर, माइला वाइवा, सत्यनारायाण चौधरीले आ आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो भने एनसीसी कतारका प्रथम उपाध्यक्ष कुमार कार्कीले कार्यक्रम माथि प्रकाश पार्दै र उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय पर्वहरुका साथमा गैरआवासीय नेपाली संघ, अन्राष्ट्रिय समन्वय परिषद्मा निर्वाचित उपाध्यक्ष श्री टि. वि. कार्की तथा मध्यपुर्व क्षेत्रिय उप–संयोजक पुर्ण के सी ज्यूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागि शुभकामना पत्र सहित अभिनन्दन गरिएको थियो ।
त्यसै गरि कतार राष्ट्रिय दिवस समारोहको समन्वय गर्ने क्रममा सांस्कृतिक तथा सांगितिक प्रस्तुत गर्ने संस्था, कलाकार तथा सोहि अवसरमा आयोजित फुटबल खेलमा जित हाँसिल गरेको नेपाली समुदायको टोलिका खेलाडीहरुलाई प्रमुख अतिथि तथा सल्लाहकार संयोजक अमृत गुरुङको हातबाट प्रशंसा पत्र तथा पुरस्कारहरु वितरण गरिएको थियो । जसमा सांस्कृतिक प्रस्तुति गर्ने संस्थाहरु नेपाली कला केन्द्र, तमु समाज कतार, नेपाल प्रवासी मगर समाज, कतार, नेपाल प्रवासी तामाङ समाज कतार, किरात राई यायोख्खा शाखा,कतार, किरात याख्तुङ चुम्लुङ कतार, सुनुवार सेवा समाज कतार, मितेरी फिल्मस् सांगितिक समुह, आरम्भ नाट्य डबली कतार, एकल गायन प्रस्तुत गर्ने गायकहरु रुपेश पराजुली, दिवस याख्खा, शिव नारायण चौधरी, राज खालिङ, बिरेन्द्र श्रेष्ठ, रामकुमार राई र दिनेश लिम्बु तथा समन्वय गर्ने संस्था नेपाल प्रवासी आदीवासी जनजाती महासंघ कतारलाइ प्रशंसा पत्र तथा नगर पुरस्कार प्रदान गरिएको थियो । त्यसै गरि कार्यक्रमका संयोजक द्धय विनेश तामाङ र बिमल गुरुङलाई प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गरि कदर गरिएको थियो ।
सोहि अवसरमा फुटबल खेलाडीहरुलाई प्रशंसा पत्र तथा सम्बन्धित क्लब जन जागृति फुटबल क्लब तथा माउण्ट एभरेष्ट क्लबलाई पुरस्कार प्रदान गरिएको थियो ।