मोहनी लाग्ला है कतारमा

Posted On: February 25, 2014

दोहा (कतार), फाल्गुन १३ – कतारको दोहास्थित हमाद स्टेडियममा तनहुँकी सुवित्रा थापा कसैको पर्वाह नगरी सयौं पुरुषको बीचमा दिल फुकाएर नाच्दै थिइन् । त्यही स्टेडियमामा गायक यम बराल र गायिका रेश्मा सुनुवारले ‘मोहनी लाग्ला है…’ गाइराख्दा सुवित्राको नाचले वरिपरिकालाई मोहनी नै

लगाएको थियो ।

‘हजारौं दर्शकलाई एकसाथ स्टेडियममा नचाउनु जीवनकै पहिलो क्षण हो,’ निकै मख्ख देखिएका बरालले भने, ‘दर्शकको मानसिकता बुझेर विछोडका संगीत र गीत दिन मन लागेन ।’ स्थानीय अलअरबी स्पोर्टस् क्लबको समन्वयमा गैरआवासीय नेपाली संघ कतारले स्टेडियममा फुटबल र यम-रेश्माको प्रस्तुति राखेको थियो । यमले ‘निष्ठुरीले छोडेर गइहाली…’, ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा…’, देखि ‘लुकूँलुकूँ लाग्यो मलाई…, ‘बादलजस्तो त्यो कालो केशमा…’ बोलको गीत गाउँदा सुरक्षा- कर्मीलाई माहोल नियन्त्रणमा गार्‍हो परेको थियो ।

सुनुवारले उनलाई स्थापित गरेको ‘मै ठूली भै’छु रे…’, गाउँदा मञ्चमै आउन कोसिस गर्ने धेरै थिए । लगत्तै उनले ‘झिम्क्याइदेऊ परेली…’ लगायत गीत गाइन् । दुवैले चलचित्र ‘चिनो’को बहुचर्चित गीत ‘मोहनी लाग्ला है…’ गाउदा दर्शक निकै रमाएका थिए । ‘दर्शकको स्थिति हेर्दा यो अभियानलाई निरन्तरता दिनुपर्ने देखियो,’ एनआरएन कतारका अध्यक्ष मक्सुद अलामले भने ।

– See more at: http://www.ekantipur.com/np/2070/11/13/full-story/384727.html#sthash.42AkAKDY.TYOSN97a.dpuf

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter