पाचौँ मध्यपुर्व क्षेत्रीय भेलाको लागि एनआरएन एएनसिसि कतारद्वारा अनलाईन दर्ता खुला

Posted On: June 22, 2016

रवि रोषी, दोहा ।

गैर आवासीय नेपाली संघको पाँचौं मध्यपुर्व क्षेत्रीय भेलालाई भव्य रुपमा सम्पन्न गर्न  बसेको प्रथम तयारी बैठकले राष्ट्रिय समन्वय परिषद कतारले कार्य विभाजन सहित अनलाईन दर्ता प्रकृया सार्वजनिक गरेको छ ।
अनलाईन दर्ता खुला गरेको सम्बन्धमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष विनेश तामाङले उपस्थित बीच सार्वजनिक गरेका थिए ।

अनलाईन मार्फत दर्ता गरिने प्रकृयाका सम्बन्धमा पालना गर्नुपर्ने शर्तहरु पनि अध्यक्ष तामाङले बताएका थिए । शर्तका सम्बन्धमा क्षेत्रीय भेलामा प्रतिनिधीको रुपमा सहभागी हुन चाहनहरुले एन आर एन ए कतारको पार्षद सदस्यता प्राप्त गरेको हुनुपर्ने,  सहभागिताको लागि दर्ता शुल्क अमेरिकी डलर ५० वा कतारी रियाल १८३ बुझाउनुपर्ने र महिला पार्षद सदस्यहरुको लागि कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको बताए ।
यसको साथै अन्य प्रत्येक सहभागी राष्ट्रिय समन्वय परिषदको तर्फबाट ५ सय डलर बुझाउनुपर्ने प्रावधान राखिएको पनि बताए ।

पहिला दर्ता गर्न आउनेहरुलाई पहिलो प्राथमिकता दिइने प्रचलन अनुसार राष्ट्रिय समन्वय परिषद कतारका पार्षदहरुका लागि २ सयको संख्यामा मात्र दर्ता खुला गरिएको पनि सोहि अवसरमा सार्वजनिक गरिएको थियो ।

सो मध्यपुर्व क्षेत्रीय भेलामा सहभागीता जनाउन इच्छुक पार्षद सदस्यहरुले जुलाई १५ सम्ममा आफ्नो नाम दर्ता गराई दर्ता बापत लाग्ने शुल्क बुझाईसक्नुपर्ने पनि बताएको छ ।

यस बारेमा थप जानकारी प्राप्त गर्न चाहनेहरुको सहजताको लागि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको प्रथम तयारी बैठकले परिषदका महासचिव इन्जिनियर नन्द गर्वुजा ५०२९४३११, हंशराज ढकाल ५५७८३६८५, टि एन बराल ५५५७१४४७, ठाकुर कुमार  ३३१२८८२९ र अशोक सिङदान  ६६०५५०७१ संग सम्पर्क गर्न सकिने पनि बताए ।

अनलाइन दर्ताको लागि तलको लिंकमा गएर आफ्नो सम्पुर्ण विवरण भर्नुपर्नेछ ।

5th NRNA Middle East Regional Meeting, QATAR-2016

 

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter