परराष्ट्र सचिव सँग गैरआवासीय नेपाली संघ कतारका पदाधिकारीहरूले भेटघाट

Posted On: January 26, 2016

कतारको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र सचिव श्री शंकरदास बैरागीज्यूसँग आज विहान गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतारका पदाधिकारीहरूले भेटघाट  गर्नुभयो।उक्त भेटका क्रममा नेपाली राजदूतावास, दोहासँगको समन्वय तथा सहकार्यमा व्यापार तथा पर्यटन प्रवर्द्धनका लागि विविध कार्यक्रम संचालन गर्ने,  नेपालमा गएको महाभूकम्प पश्चात नेपाल सरकारले शुरु गरेको पुनःनिर्माण कार्यक्रमलाई उल्लेख्य हिसावले सहयोग गर्ने, नेपाली कल्याणकारी कोष स्थापना, नेपाली सांस्कृतिक केन्द्र स्थापना एवम नेपालीहरूका लागि  सेवामूलक तथा  सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लगायतका बिषयमा गहन छलफल तथा विचार आदान प्रदान गरियो ।

त्यसै गरी, आजै परराष्ट्र सचिवज्यूले कतारमा रहेका नेपाली संचारकर्मीहरुसँग कुरा गर्दै आफू कतार भ्रमणमा आउनुको उद्देश्यका साथै नेपाल-कतार द्विपक्षीय सम्बन्धका विविध पक्षहरुका बारेमा चर्चा गर्नुभयो ।

परराष्ट्र सचिवज्यू आफ्नो औपचारिक कतार भ्रमण सम्पन्न गरी वहाँको प्रतिनिधिमण्डलकासाथ आज अपरान्ह नेपाल फर्कनु भयो।दोहास्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत श्री मणिरत्न शर्मा, कतारको परराष्ट्र मन्त्रालयका शिष्टाचार विभागका अधिकारी तथा राजदूतावासका कर्मचारीहरूले परराष्ट्र सचिवज्यू र वहाँको प्रतिनिधिमण्डललाई हमद अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नु भएको थियो ।

नेपाली राजदूतावास

दोहा, कतार

२०७२ माघ १२

Share Your View

Event Calendar

<<    October 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
Download

Subscribe Newsletter