पंजिकृत सदस्यहरुको प्रारम्भिक नामावली प्रकाशित

Posted On: July 08, 2015

गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०१५—२०१७ का लागि आह्वान गरिएको परिषद (पंजिकृत) सदस्यता आवेदनको लागि गत १२ जुन २०१५ सम्म प्राप्त २९३४ आवेदनहरु मध्ये प्रमाणिकरण भएका २८०२ आवेदकहरुलाई उक्त कार्यकालको लागि पंजिकृत सदस्यहरुको प्रारम्भिक नामावलीको रुपमा प्रकाशन गरिएको व्यहोरा यसै सुचना मार्फत जानकारी गराईन्छ ।

यस सुचनाका साथ संलग्न सुचिमा उल्लेखित कुनै पनि सदस्य उपर कसैको कुनै दावि विरोध भएमा आगामी १० जुलाई २०१५, शुक्रबार बेलुका ७ बजे भित्र एनआरएनए एनसीसी कतारमा स–प्रमाण उजुरी दिन सकिने जानकारी समेत यसै सुचना मार्फत अनुरोध गरिन्छ ।

प्रकाशित प्रारम्भिक सुचिमा त्रुटी भएको पाईएमा त्रुटी भएको हद सम्म सच्याईने भएकाले त्यसका लागि आगामि १० जुलाईसम्म एनसिसि कतारलाई आवाश्यक कागजातहरु सहित निवेदन दिन सकिनेछ ।

गैरआवासीय नेपाली संघको पंजिकृत सदस्य बन्नुहुने सम्पुर्ण सदस्य ज्यूहरुमा हार्दिक बधाई ज्ञापन गर्दै यहाँहरुको निरन्तर साथ र सहयोगको लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौं । नामावली एनआरएनए एनसीसी कतारको वेभ साईट  www.nrnaqatar.org मा उपलब्धछ ।

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter