नेपालीको विश्वव्यापी रक्तदानलाई नेतृत्व

Posted On: February 04, 2014

न्युयोर्क । विभिन्न अवसरको खोजीमा नेपालीहरू विगत केहि वर्ष यता विश्वका सबैजसो देशसम्म पुगिसकेका छन्। उनीहरूले आफ्नो लक्षका साथ-साथै जन्मभूमी र कर्मभूमीमा सामाजिक काम गरेका छन्। यस्ता सामाजिक कार्यहरूबाट पहिचानसमेत बनाएका छन्।

सामाजिक कार्यहरूमध्येको एउटा निकै प्रतिष्ठित कार्य हो, रक्तदान। नेपाली भएका १६ वटा देशमा त आफ्नो शरिरको अमुल्य रगत नै दिएर मानवीय सेवा गरिरहेका छन्। तर अहिलेका मितिसम्म नेपालीको विश्वव्यापी रक्तदान आ-आफ्नै ढंगमा भएको छ । यो नियमित रक्तदान गर्न, गराउन, सहयोग तथा उत्प्रेरणा गर्ने उद्देश्यले नेपाली रक्तदाताहरूको संस्था “इन्टरनेशनल नेप्लिज ब्लड डोनर्स” को विधिवत स्थापना भएको छ।

संस्थाले स्थापनासँगै आगामी एक वर्षको कार्यक्रम पनि जारि गरेको छ। प्रवासमा रक्तदानलाई नियमितता दिनु र नेपालमा रक्तदान उत्प्रेरणा कार्यक्रम संचालन गर्न लागेको छ। नेपालमा रक्तदाताहरूलाई प्रोत्साहन र उत्प्रेरणा गराउन ४ जनालाई दामासाहीले रू. एक लाखको नगद पुरस्कारको व्यवस्था गरेको छ। नेपाल रेडक्रस रक्त सञ्चार सेवासँग समन्वय गरि वि.सं. २०७१ सालको वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म रक्तदान गर्नेहरूबाट चयन गरि उक्त पुरस्कारले सम्मान गरिने छ। नेपालमा थप ५ हजार रक्तदाता वृद्धि गर्नका लागि क्रमवद्ध तरिकाले काठमाडौं उपत्यकाका करिब एक हजार स्कूल, कार्यालय, संघ-संस्थामा गई सानै परिमाणमा भए पनि रक्तदान कार्यक्रम गर्न प्रेरित गर्ने लक्ष र नीति लिएको छ। उपरोक्त कार्यक्रमका लागि रू. दश लाख ५ हजारको बजेट पारित गर्दै निम्नानुसार कार्यसमिति गठन गरेको गरेको छ।
अर्जुनप्रसाद मैनाली, अमेरिका, अध्यक्ष
अजय सत्याल, अमेरिका, वरिष्ठ उपाध्यक्ष
गोविन्दसिंह रावत, क्यानाडा, उपाध्यक्ष
सिता सापकोटा, बेल्जियम, उपाध्यक्ष
मिलन शर्मा, बेलायत, महासचिब
सरोज कार्की, नेपाल, सचिव
बिनोद भट्टराई, कतार, कोषाध्यक्ष
बिनोदप्रसाद मैनाली, अष्ट्रेलिया, सदस्य
राहुल रेग्मी, भारत, सदस्य
उत्तम अधिकारी, युएइ, सदस्य
जीवनाथ पंगेनी, युगान्डा, सदस्य
प्रशान्त उप्रेती, फ्रान्स, सदस्य
सुजन पंडित, ओमान, सदस्य
डम्बरप्रसाद रिमाल, कुवेत, सदस्य
राज गौतम, पोर्चुगल, सदस्य
राजेन्द्र बजगाईं, जर्मनी, सदस्य
प्रकाश सापकोटा, आयरल्याण्ड, सदस्य
सौगात गुरुङ, जापान, सदस्य
कर्णबहादुर अधिकारि, मकाउ, सदस्य

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter