नयाँ बर्षमा सयुक्त  बृहत सांगीतिक कार्यक्रम हुने

Posted On: February 22, 2017

एनआरएन एनसीसी कतारको संयोजकत्वमा  आउदै गरेको नेपाली नयाँ बर्षको अवसरमा बिबिध सांगीतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ l कार्यक्रम नेपाली परम्परा र सस्कृतिलाई जगेर्ना तथा राष्ट्रिय पर्वहरुलाई समेट्दै स्थापित सस्थाहरुको सहकार्यमा गरिन लागेको हो l

गत १९ फेब्रुअरी २०१७ का दिन एनसीसी कतारका अध्यक्ष बिनेश तामांगको अध्यक्षतामा  बसेको समन्वय समितिको बैठकले आगामी हुने कार्यक्रमको सर्वसम्मतिले पारित गरेको थियो l कार्यक्रममा भब्यरुपमा सम्पन्न गर्नको लागि ब्यवस्थित र अनुसासित रुपमा सबैले मिलेर संयुक्त रुपमा गर्नका लागि उपस्थित संघसस्थाका प्रतिनिधिहरुले सुझाव दिएका थिए l

बैठकमा कार्यक्रमलाई सफल रुपमा सम्पन्न गर्नको लागी समन्वय समितिका पदाधिकारीहरुमा कार्य बिभाजन समेत गरेको छ l कार्य बिभाजन गर्दा तोकिएको समितीमा संयोजक सहित पदाधिकारीका नामावली निम्नानुसार रहेको छ l

स्थान छनौठ समिती संयोजक बिनेश तामाङ् सहित सदस्यहरुमा सुदर्सन भट्ट,​ टि एन बराल​ छन् l समितिले एक हप्ता भित्र अनुकुल स्थानको छनौट गर्दै अनुमानित लागत समेत पेस गर्ने छ l कार्यक्रमको प्रमुख पाटो  आर्थिक ब्यवस्थापन समितीको संयोजकमा  नगेन्द्र पोख्रेललाई तोकिएको छ l सदस्यहरुमा  केसब भुसाल,  रामहरी गैरे,  रकमध्वज राई, अब्दुल हफिज मिया रहेका छन् l

नाच्ने गाउने र रमाउने कार्यक्रम नै भएको हुँदा कार्यक्रमलाई मनोरन्जनात्मक बनाउन आफ्नो अनुकुल सदस्य राख्न सुझाव दिदै  साँस्कृतिक बिभागको संयोजकमा लिलम चिडी मगरलाई सुम्पेको छ l

त्यसैगरी खानापिन ब्यवास्थापनको  सम्पूर्ण जिम्मा  संयोजक  सुदर्सन भट्ट रहेको  समितिलाई मिलेको  छ, भने स्वयंसेवक ब्यवस्थापन समितीमा संयोजक  बिष्णुलाल श्रेष्ठ​ रहने गरि सदस्यमा बसन्त बहादुर  थापा छनौट गरेको छ l  महिला समाजकी अध्यक्ष सुस्मिता भुसाललाई कार्यक्रममा अतिथि सत्कारका लागी जिम्मा दिएको छ l

सम्पूर्ण समितीका थप सदस्यहरु बिभिन्न सामाजिक संघसंस्थासँग समन्बय गरी पुरा गरिने छ ।

 

 

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter