एनआरएनए एनसीसी कतारको दोश्रो राष्ट्रिय परिषद् भेला सफलतापुर्व सम्पन्न

Posted On: January 31, 2014

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिष्द् कतारको दोश्रो राष्ट्रिय परिषद् भेला सफलतापपुर्व सम्पन्न भएकोछ । भेलाले संघको कार्यप्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदनहरुलाई छलफल सहित पारित गर्नुका साथै र संघको कार्य योजनालाई अनुमोदन गरेकोछ । त्यसै गरि निवर्तमान अध्यक्ष अमृत गुरुङ ज्यूको संयोजकत्वमा क्रान्ति सिंह, चुडामणि कार्की, राजेश दर्शन अर्याल र के. बि.हमाल सदस्य रहनुभएको अनुशासन तथा अनुगमन समिति र परिषद् सदस्य टुकराज अर्याल ज्यूको संयोजकत्वमा यमकान्त (सुवास) गौतम, दिपक घिमिरे, छवि प्यूठानी र मेहताव आलम सदस्य रहनुभएको लेखा समिति समेत गठन गरेकोछ । आजै एनआरएनए एनसीसी कतारको वेभ साईटको पनि पनि उद्घाटन गरिएकोछ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मक्सुद आलमको अध्यक्षता तथा गैरआवासीय नेपाली संघ, अन्तरािष्ट्रय समन्वय परिषदका उपाध्यक्ष टि. बि. कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलामा प्रमुख अतिथि कार्की सहित आइसीसी मध्यपुर्व क्षेत्रिय उप–संयोजक पुर्ण क. सी., सल्लाहकार संयोजक तथा आइसीसी को अप्ट मेम्बर अमृत गुरुङ, सल्लाहकार सदस्य दिलकिरण खजुम, आइसीसी पुर्व उपाध्यक्ष सागर नेपाल, एनसीसी पुर्व अध्यक्ष कमलमणि गुरागाँइ, कानुनी सल्लाहकार मो. रमजान अलि मिया र परिषद् सदस्यहरुको तर्फबाट सदस्य जगन गुरुङले आ आफ्नो शुभकामना मन्तव्य राख्दै एनसीसी कतारलाई सुझाव सल्लाह र शुभकामना दिनुभएको थियो । कार्यक्रममा पाँचौ राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यलाई कुशलतापुर्व सम्पन्न गर्ने निर्वाचन समितिका संयोजक तथा सदस्यहरुलाई कदर–पत्र तथा खदा द्धारा अभिनन्दन गरिएको थियो । एनआरएनए एनसीसी कतारले स्थापनाको एक दशक पुरा गरेको अवसरलाई “A Decade of Establishment” को रुपमा बर्ष भरि मनाउने कार्यक्रम समेत तय गरेकोछ । कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष कुमार कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो भने महासचिव बिनोद भट्टराईले संचालन गर्नुभएको थियो ।

 

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter