डा स्वर्णीम वाग्लेलाइ NRNA अध्यक्ष डा घलेद्धारा हार्दिक बधाई

Posted On: August 04, 2017

हार्दिक शुभकामना तथा बधाई
राष्ट्रिय योजना आयोगकको उपाध्यक्ष जस्तो गरिमामय पदमा डा. स्वर्णीम वाग्ले चयन हुनु भएकोमा संघका अध्यक्ष डा. शेष घलले आफ्नो व्यक्तिगत र  संघको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्नु भएको छ ।
गैरआवासीय नेपाली संघले विश्वभरी छरिएर रहेका नेपालीहरुलाई संगठित गर्दै नेपालको सामाजिक र आर्थिक रुपान्तरणमा नेपाल सरकार र सरोकारवालाहरुसंग समन्वय र सहकार्य गर्दै आएको व्यहोरा आफ्नो पत्रमा उल्लेख गर्नु भएको छ । साथै पत्रमा उहाँले संघको राष्ट्र निर्माणमा योगदान पुर्‍याउने उद्देश्यलाई उहाँको  मार्गदर्शनले अझ बढी सार्थक बनाउने छ भन्ने विश्वास प्रकट गर्नु भएको छ ।
नेपाल सरकारद्वारा जारी गरिएको गैरआवासीय नेपाली सम्बन्धि ऐन २०६४ बमोजिम राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्षको अध्यक्षतामा गैरआवासीय नेपाली सल्लाहकार बोर्ड गठन गरिएको र जसमा अर्थ, उद्योग, कानुन तथा न्याय तथा परराष्ट्र मन्त्रालयका सचिवहरु तथा नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघका अध्यक्षहरु सदस्य रहेको पनि जानकारी गराउनु भएको छ ।
साथै उहाँको कार्यकालमा गैरआवासीय नेपालीहरुका सरोकारका विषयहरुमा अझ बढी प्रभावकारी रुपमा संबोधन हुने छ भन्ने आशा रहेको बताउँदै गैरआवासीय नेपालीका सरोकारका विषयमा गैरआवासीय नेपाली संघ सदा सहयोग गर्न तत्पर रहेको जानकारी गराउँदै सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।
रन्जु थापा वाग्ले
पवक्ता
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद
मितिः २०७४ श्रावण १९

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter