जुलाई २१ र २२ मा दोहामा एनआरएनएको मध्यपूर्व क्षेत्रीय भेला हुँदै

Posted On: June 01, 2016
जुलाई २१ र २२ मा दोहामा एनआरएनएको मध्यपूर्व क्षेत्रीय भेला हुँदै
dubai-doha-cheap-flights

गैर आवासिय नेपाली सँघ मध्यपूर्व क्षेत्रको पाँचौ ऐतिहासिक भेला आगामी जुलाई २१ र २२ मा कतारको राजधानी दोहामा सम्पन्न हुने घोषणा भएको छ ।

आईसीसी को क्षेत्रिय विभाजन अनुसार मध्यपूर्वमा कतार, युएई, बहराईन, ओमन, साउदी अरेविया, कुवेत, ईराक, लेवनान, ईजरायल र यमन पर्दछन ।

“पूर्ण सामाजिक सुरक्षा सहितको सम्मानित बैदेशिक रोजगार, समुन्नत राष्ट्र निर्माणको आधार” भन्ने मुल नाराका साथ हुन लागेको क्षेत्रिय भेला सम्पन्न गर्न यस क्षेत्रका आईसीसी प्रतिनिधी र पदाधिकारीहरु सम्मिलित ३५ सदस्य आयोजक समिती डिबी क्षेत्रीको संयोजकत्वमा निर्माण भएको छ ।

मध्यपुर्व क्षेत्रका नेपालीहरुका क्षेत्रिय मुद्धाहरु, यस क्षेत्रबाट अभियान र राष्ट्रको लागि दिन सकिने योगदानका बिषयमा केन्द्रित रहदै यस अघि ४ वटा भेलाहरु विभिन्न मुलुकहरुमा सम्पन्न भइसकेका छन् । पछिल्लो भेला एनसीसी बहराइनको आतिथ्यतामा ९ र १० मे २०१४ मा बहराइनको मनामामा १२ बुँदे बहराईन घोषणा पत्र जारी गर्दै सम्पन्न भएको थियो ।

राष्ट्रमा सर्वाधिक रेमिट्यान्स पठाएर अर्थतन्त्रलाई टेवा दिइरहेको यस क्षेत्रमा कार्यरत गैरआवासीय नेपालीहरुका कठिनाई, तिनको समाधानका उपायहरु, यस क्षेत्रमा राष्ट्रको कला संस्कृति, पर्यटन र व्यापारको सम्भावनाका बिषयमा यो बैठक केन्द्रित हुने जारी विज्ञप्तिमा जनाईएको छ ।

एनसीसी कतारको आतिथ्यतामा मध्यपूर्वको क्षेत्रिय भेला दोहामा गर्ने प्रस्तावलाई अन्तराष्ट्रिय समन्वय परिषदको ५३ बैठकले स्वीकृति दिएको थियो ।

 

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter