चर्चित आधुनिक गायक हेमन्त शर्मा कतारमा

Posted On: April 07, 2017

दोहा l सुगम संगीतका कर्णप्रिय  आधुनिक चर्चित गायक हेमन्त शर्मा आज भर्खर कतार आई पुगेका छन् l एनआरएन कतारको संयोजकत्वमा दोहा कतारका ४७ वटा संघसस्थाहरुको आयोजनामा  भोलि हुन गई रहेको बनभोजका साथै बिबिध सांगीतिक कार्यक्रमका लागी उनि कतार आएका हुन् l

नयाँ बर्षको खुसियाली साट्न आएका शर्माले कतारका आफ्ना दर्शकहरुलाई आफ्नै अगाडी नचाउदै छन् l  १७ पटक कतार कतारको भुमि टेकेका उनले अहिलेसंग गरेर पाँचौ पटक कार्यक्रमका लागी कतार आएको बताए l  कतारको माटोले आफुलाई तानिरहेको आभास  हुने गरेको भन्दै अझै आफ्नो बैदेशिक यात्राको सुरुवात नै कतारबाट भएको  समेत खुलाएका थिए l

नेपाली परम्परा र सस्कृतिलाई जगेर्ना तथा राष्ट्रिय पर्वहरु स्थापित सस्थाहरुलाई  फरक फरक स्थानमा मनाउदा समय र आर्थिक भारको समस्या समेत पर्ने हुदा सम्पूर्ण संघसस्थाहरुको सहकार्यमा  यो कार्यक्रम गरिन लागेको हो l कार्यक्रममा बिशेष गरेर  आउदै गरेको नेपाली नयाँ बर्षको अवसरमा बिबिध सांगीतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ l

बनभोज तथा बिबिध सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी एनआरएन अध्यक्ष बिनेश तामांगले दिएका छन् l  कार्यक्रमलई भब्यरुपमा  ब्यवस्थित र अनुसासित रुपमा सम्पन्न गर्नका लागि सम्पूर्ण संघसस्थाहरुले स्वयं सेवकको व्यवस्था गरेको छ l भने अन्य कार्यहरुको  लागी समेत छुट्टाछुट्टै व्यवस्था समेत गरेको छ lImage may contain: 9 people, people smiling, people standing and night

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter