गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले दोस्रो पुर्ण कार्यसमिती बैठक सस्थाका अध्यक्ष बिनेश तामाङको अध्यक्षतामा विभिन्न प्रस्ताव उपर छलफल गरि सम्पन्न गरेको छ । पहिलो पुर्ण कार्यसमितिको बैठक पश्चात दुई पटक बसेको सचिवालय बैठकमा भएका निर्णय तथा कार्ययोजनाहरुलाई पुर्ण कार्यसमितीले अनुमोदन गरेको छ । आउदो मार्च १८ तारिकका दिन कतार स्थिति हमाद हस्पिटलमा विभिन्न संघसस्था र कतारमा कार्यरत नेपालीहरुको बिशेष सहयोग र समन्वयमा रक्तदान कार्यक्रम राखिएको र उक्त कार्यक्रम बिहान ९ बजेबाट सुरु गरि दिनको १२ बजेसम्म संचालन गर्ने निर्णय बैठकले पारित गर्यो । सस्थाको दोस्रो परिषद भेला आगामी अप्रिल २९ तारिक गर्ने निर्णय सर्बसम्मत बैठकले पारित गर्यो ।