कतारमा १० हजार रियाल पुरस्कारको फुटबल प्रतियोगिता हुँदै

Posted On: August 16, 2014

गणेश बन्जाडे र दिपक पुडासैनी
दोहा – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले एनआरएनए कप फुटबल २०१४ को आयोजना गर्दैछ ।

१० हजार रियाल ( झण्डै २ लाख ६५ हजार रुपयां ) तथा कप, मेडल र प्रमाणपत्र पुरस्कार रहेको प्रतियोगीतामा २४ टिम सहभागी हुने हिजो आयोजित पत्रकार संम्मेलनमा अध्यक्ष मक्सुद आलमले बताएका छन । आलमका अनुसार दितिय र तृतिय हुने टिमलाई ५ हजार रियाल र ३ हजार रियालको साथमा कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी उत्कृष्ट तथा अनुशासीत खेलाडी, उत्कृष्ट गोल किपर र सबै भन्दा बढी गोल गर्ने खेलाडीलाई नगद ५, ५ सय रियाल प्रमाणपत्र तथा कप प्रदान गरिने छ ।

यहांको अल अरबी स्पोर्टस क्ल्बमा हुने प्रतियोगीतामा सहभागी २४सै टिमको नाम राष्टियता झल्कने किसीमका छन । सहभागी टिमहरुमा मेचीकाली जनजागृती फुटबल टीम, कंचनजंघा फुटबल टीम, सप्तकोशी अमल सभिर्स फुटबल टीम, बुद्ध बि. बि. एफ सी फुटबल टीम, कृष्ण्ँसागर नेपाल युथ क्लब फुटबल टीम, लालीगुराँस पुर्वाञ्चल फुटबल टीम, अन्नपुण फुटबल क्लब,मकालु ब्ल्याक क्याट स्पोर्ट क्लब,माच्छापुछरे ग्रुप फोर नेपाली फुटबल टीम, स्वयंभु स्काई स्पोर्ट क्लब, रानीपोखरी युनिटी ब्वाइज क्लब, माउण्ट एभरेष्ट युथ क्लब,कस्तुरी सन्ध्या ग््रुप फुटबल टीम, मुनाल युनाइटेड फुटबल टीम, बागेश्वरी राधापुर स्पोर्ट क्लब,जनकपुर लाली गुराँस स्पोर्टस क्लब ,भद्रकाली प्रवासी हेम्जा समाज, धौलागिरी स्पोर्टस क्लब, पाथीभरा स्पोर्टस क्लब, ताप्लेजुङ, रुप्से छाँगो म्याग्दी स्पोर्टस् क्लब, फेवा स्पोर्टस टीम, लखन थापामगर स्र्पोटस क्लब, नारायण्ँगोपाल नेपाली अन्तराष्ट«िय कलाकार मञ्च फुटबल टीम र डाफे तामाङ समाज फुटबल टीम छन ।

प्रत्येक टिमबाट एकजना म्यानेजर, कोच र खेलाडी गरि २१ जना सहभागी हुनेहुदा खेल अबधिमा ५०४ जना खेलाडी तथा अफिसियल सहभागी रहने एनआरएन कप ब्यबस्थापन समितीका संयोजक टेकनाथ बरालले जानकारी दिएका छन् ।

जानकारीमा देशबाहिर स्थानीय स्तरमा नेपाली श्रमीकहरुबिच आयोजान भएका खेलकुद प्रतियोगिताहरु मध्धे यो प्रतियोगीता सर्बाधिक पुरस्कार राशीको प्रतियोगीता भएको आयोजकहरुले बताएका छन । खेल मैदान र पुरस्कारको प्रायोजन कतारको अल अरबी स्पोटर्स क्ल्बले गरेको छ ।

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter