कतारमा एनआरएनएको रक्तदान तथा सचेतना कार्यक्रम सम्पन्न

Posted On: March 08, 2014

गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको समन्वय तथा नेपाली राजदूतावास कतार र हमद मेडिकल कर्पोरेसनको सहयोगमा ७ मार्च २०१४ का दिन संयुक्त बृहत् रक्तदान शिविर सम्पन्न भएकोछ ।

सो कार्यक्रममा रक्तदान गर्न इच्छुक २०६ सहभागीहरू मध्ये प्राविधिकरुपमा फिट भएका १०५ जना स्वयंसेवी दाताहरुले रक्तदान गर्नुभएको थियो । यो कार्यक्रमलाई सफल बनाउन कतारमा स्थापित विभिन्न २१ वटा संस्थाहरूले हातेमालो गर्दै संयुक्त आयोजना गरेका थिए भने नेपाली राजदुतावासले कार्यक्रम स्थल उपलब्ध गराएको थियो । त्यसै गरी हमद मेडिकल कर्पोरेसनको ब्लड डोनर युनिटले प्राविधिक सहयोग गरेको थियो ।

एनआरएनए एनसीसी कतारका प्रथम उपाध्यक्ष कुमार कार्की, महासचिव बिनोद भट्टराई, कोषाध्यक्ष द्रोण बस्नेत, सल्लहकार बिमल सुबेदी लगाएत एनसीसी सदस्य, परिषद् सदस्य, तथा विभिन्न संघ संस्थाका प्रमुखहरुले रक्तदान गर्नु भएको सो कार्यक्रममा नेपाली राजदूतावास कतारका कार्यबहाक राजदूत गणेश प्रसाद ढकाल, एनआरएनए आइसीसीका उपाध्यक्ष टि. बि. कार्की, सदस्य अमृत गुरुङ, एनसीसी सल्लाहकारहरु लगायत समुदायका अग्रजहरुले उपस्थित भएर रक्तदाताहरुलाई हौसला प्रदान गर्नु भएको थियो ।

त्यसै गरी सोह अवसरमा दूतावासको विशेष पहल आयोजित ट्राफिक चेतना सम्बन्धी कार्यक्रममा हमद हस्पिटलका डा. सूर्य बटाजु, डा. रुबिन तथा डा. राफेलले उपस्थित भएर जानकारीहरु प्रस्तुत गर्दै नेपालीहरू दुर्घटना भएर घाइतेहरुलाई हस्पिटलमा भेट्न नचाहेको बताउनुभएको थियो ।

अर्को सत्रमा कतारका कामदारहरूको कानुनी विषयहरूमा कतार सि आइ डि अफिसर क्याप्टेन खालिद अलिले उपस्थित नेपालीहरूलाई स्पष्ट पार्दै केही पिडितहरुलाई कार्यलय समयमा आवाश्यक कागजात सहित भेट्न अनुरोध गर्दै सक्दो सहयोग गर्ने जानकारी दिनुभएको थियो ।

सो अवसरमा दोभाषेको रूपमा अब्दुल हाफिजले सहयोग गर्नु भएको थियो । सो दिनको कार्यक्रमको अन्तिम चरण उपस्थित नेपालीहरूका स्वास्थ्य सवालहरुमा कतारमा कार्यरत नेपाली चिकित्सकहरु डा. नरेन्द्र शाक्य, डा. नितेश अर्याल र डा. हरि नकर्मीले सहजीकरण गर्नु भए पश्चात् कार्यबहाक राजदूत गणेश प्रसाद ढकालले सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमहरू सम्पन्न भएको जानकारी गराउनुभएको थियो ।
1926762_593844140684024_984335124_n

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter