कतारका व्यवशायीहरु सामूहिक लगानीको अवधारणा अनुरुप देशमा लगानी गर्न उतासाहित

Posted On: December 09, 2014

 

रवि रोषी, दोहा ।
कतारका व्यवशायी, इन्जिनियर तथा बुद्धिजीविहरुले सामूहिक लगानीको अवधारणालाई अब मूर्त रुप दिई अघि बढ्ने अभियानमा विशेष छलफल कार्यक्रम सम्पन्न गरेका छन् । कतारको गोल्डेन फोर्क रेष्टुरेन्टमा सम्पन्न सो छलफल कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रि«य समन्वय परिषदका अध्यक्ष मक्सुद आलम, गैर आवासीय नेपाली संघ अन्र्तराष्ट्रि«य समन्वय परिषदका उपाध्यक्ष टि.बि. कार्की, गैर आवासीय नेपाली संघ राष्ट्रि«य समन्वय परिषद अमेरिकाका वरिष्ठ उपाध्यक्ष लोक राज तिवारी, एन आर एन कतारका सल्लाहकार आर के शर्मा, व्यवशायी राज रेग्मी, उमेश अधिकारी, इन्जिनियर रवि कान्त लाल लगायतका व्यवशायी तथा इन्जिनियर, बुद्धिजीवीहरु बीच सो बिषयमा छलफल भएको थियो ।

 

सामूहिक लगानीका ३ शिर्षकहरुमध्ये कतारमा नेपाली चिकित्सकहरुको चिकित्सयी निगरानी प्रणाली अन्तर्गतको पोलिक्लिनीक सञ्चालन गर्ने, हाइपरमार्केट सञ्चालन गर्ने तथा कतारमा रहेका श्रमिकहरुलाई समेत समेटेर नेपालमा विकास बैंकमा लगानी गर्ने योजनाको बारेमा छलफल भएको थियो ।
विकास बैंकको विषयमा नै लगानी गर्दा राष्ट्रबैंकको प्रत्यक्ष निगरानी रहने भएकोले सुरक्षित र नाफामूलक हुने कुराको बारेमा प्रष्ट्याउँदै सल्लाहकार आर के शर्माले बैंकिग लगानीमा सवैको लगानीको भविष्य रहेको बताउनुभयो ।

एन आर एन आइसीसीका उपाध्यक्ष टि.बि. कार्कीले अब श्रमिकलाई मालिक बनाउने योजना सहित यसै क्षेत्रमा लगानी गर्दा उत्तम हुने कुरा बताउनुभयो । एन आर एन कतारका अध्यक्ष मक्सुद आलमले कतारमा कडा श्रम गर्ने श्रमिकहरु मात्र काम गर्न आउने देशको रुपमा हेर्दै आउने सरकार र अन्य देशमा रहने नेपालीको भ्रम चिर्नको लागि भने पनि अब विश्वशनीय लगानीको वातावरण सिर्जना गर्नु पर्ने बताउनुभयो । यसको लागि एन आर एन कतारले खेल्नुपर्ने भूमिका र निभाउनु पर्ने उत्तरदायित्वको बारेमा सधैं तयार रहेको बताउनुभयो ।

यस विषयमा पुनः एक पटक कतारका व्यवशायी, इन्जिनियर, बुद्धिजीविहरुको छलफलबाट निचोड निकाली सामूहिक लगानीलाई मूर्तता दिन आउँदो १२ डिसेम्बरको दिन एन आर एन आईसीसीका अध्यक्ष शेष घले तथा आईसीसी महासचिव कुमार पन्तको विशेष समुपस्थितीमा कतारमा सम्पन्न हुन गइरहेको एन आर एन दिवसको अवसरमा विशेष कार्यक्रम बीच छलफल गरिने र अघि बढ्न सकिने पनि अध्यक्ष आलमले बताउनुभयो ।

 

Share Your View

Event Calendar

<<    October 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
Download

Subscribe Newsletter