एमआरपी फारामहरुको प्रारम्भिक प्रकृयामा एनआरएनए कतारले दुतावास संग हातेमालो गर्ने ।

Posted On: February 15, 2014


रवि रोषी, दोहा ।

एन आर एन कतारको समन्वयमा स्थापित नेपाली संघसंस्थाका प्रतिनिधीहरु सम्मिलित प्रतिनिधीहरुले नेपाली राजदुतावास कतारका कार्यवाहक राजदुत महामहिम गणेश प्रसाद ढकाल र दुतावासका कर्मचारीहरु सँग भेटघाट तथा अन्र्तक्रृया कार्यक्रम सम्पन्न गरेको छ ।
एन आर एन कतारले कतारमा कार्यरत श्रमिकहरुका समस्याका मुद्याहरुको बिषय लगायत विभिन्न बुँदाहरुमा दुतावास संग अन्र्तकृया कार्यक्रम गरेको थियो । मेसिन रिडेवल पासपोर्ट बनाउनुपर्ने समयावधि कम भएको अवस्था र नेपालीहरुको बाहुल्यता अधिक रहेको कतारमा हाल दुतावासमा भएका कर्मचारीहरुले सो सम्बन्धी फाराम बुझ्ने क्रममा पनि अत्याधिक चाप बढेको कारणले एन आर एन कतारले दुतावासलाई सो काममा सघाउ पुर्याउन प्रस्ताव राखेको थियो ।

दुतावास श्रमिक मैत्री हुनुपर्ने, श्रमिकहरुको गुनासोलाई सम्बोधन गरिनुपर्ने, व्यक्तिगत भिषामा लगाईएको रोक र आवश्यक कागजात प्रकृया पहिले भन्दा धेरै झण्झटिलो भएको हुनाले त्यसमा सुधार ल्याउनुपर्ने, रोजगारदाता कम्पनी मार्फत नेपाली दुतावासले स्विकृत गरेका भिषावाट श्रम निकालेर आएका कामदारहरुले न्याय नपाएको अवस्था रहेकोले त्यसका लागि उपयुक्त मापदण्ड तयार पारिनु पर्ने, दुतावासमा मेसिन रिडेवल पासपोर्टका लागि आएका आवेदकहरुका लागि छिटो र सहज रुपमा कागजात बुझिलिने र फाराम भर्ने प्रकृया चुस्त दुरुस्त भए नभएको पहिचान गरी प्रथम सचिव समक्ष सम्म पुर्याउन एन आर एनले सहयोग गर्ने जस्ता विषयहरु र सुझावहरु उठान गरी दुतावास संग छलफल गरिएको थियो ।

त्यस्तै गरी नेपाली राजदुतावासका कर्मचारीहरुले श्रमिकहरुका समस्या, पासपोर्ट नविकरण तथा अन्य कामका लागि दुतावास आउदा कर्मचारीहरुको व्यवहार सेवाग्राही प्रति श्रमिक मैत्री नभएको जनगुनासो आएकोले दुतावासका कर्मचारीहरुले व्यवहार सुधार्नुपर्ने, नेपाल सरकारमा दर्ता भईसकेको एनआरएनएको फोकल प्वाईन्टको बारेमा अवगत गराउदै र नेपाली दुतावासमा सुचिकृत भएका संघ संस्थाहरुलाई दुतावासले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन गर्नुपर्ने जस्ता बिषय पनि त्यहाँ उठाइएको थियो ।

अन्र्तकृया कार्यक्रमको सिलसिलामा नेपाली राजदुतावास कतारका कार्यवाहक राजदुत गणेश ढकालले दुतावास श्रमिक मैत्री नभएको गुनासो प्रति सत्य नभएको बताउँदै दुतावासमा कर्मचारीको कमी र सेवाग्राहीको उच्च चापले त्यस्तो अवस्था सिर्जना भएको बताउनुभयो । सेवाग्राहीको लागि सकेसम्म छिटो छरितो सेवा प्रदान गर्ने दुतावासको लक्ष्य हुँदाहुँदै पनि त्यस्तो भान पर्न गएको बताउँदै मेसिन रिडेवल पासपोर्टको आवेदकहरुको चापलाईृ मध्यनजगर गर्दै एन आर एनले भोलेन्टियरको रुपमा दिने सेवालाई दुतावासको कार्यकक्ष भित्र डेस्क उपलव्ध गराउने बचनबद्धता गर्नुभयो । आगामी मार्चमा एन आर एनले गर्न लागेको रक्तदान कार्यक्रममा पनि दुतावासले आफ्नो भवन उपलव्ध गराई सहयोग पुर्याउने बचनबद्धता गर्नुभयो ।

एन आर एन कतारका अध्यक्ष मक्सुद आलमको संयोजकत्वमा सम्पन्न सो अन्र्तकृया कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter