गैररआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको ४१ औं बैठकबाट विभिन्न समितीहरुमा कतारबाट मनोनित भएका छन् । गत १३ अप्रिलमा बसेको बैठकले कतारबाट निम्न ब्यक्तिहरुलाइ मनोनयन गरेको छ । जसमा टि.बि. कार्की : संयोजक, वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समिती, नरेन्द्र भाट: मध्यपूर्व संयोजक, वैदेशिक रोजगार राहात कोष, अमृत गुरुङ: मध्यपूर्व सह संयोजक, बैदेशिक रोजगार राहात कोष, बद्री प्रसाद पाण्डे: मध्यपूर्व संयोजक, ग्लोबल इभेन्ट टिम, एनआरएनए भवन निर्माण समिती र रामहरि गैरे मध्यपूर्व संयोजक, युवा तथा खेलकुद समितीमा मनोनयन भएका छन् ।
त्यस्तै गरी गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको संचार कार्य दलमा रवि रोषी र वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समिती सदस्यमा विनेश तामाङ मनोनयन भएका छन् ।
(।