एनाआरएनए कतारद्वारा एकै दिन ३ सय बढीलाई राहत बितरण

Posted On: May 25, 2020
दोहा, कतार
एनआरएनए एनसीसी कतारले आइतबार एकैदिन कोरोना भाइरस (कोभिड-१९ ) को कारण समस्यामा परेका ३ सय बढी नेपालीलाई राहत प्याकेज बितरण गरेको छ । कतारको विभिन्न स्थानमा खाद्यान्नको समस्यामा परेका ३ सय आठ जना नेपालीलाई कतार सरकारको गृह मन्त्रालय मार्फत कतार च्यारिटीबाट प्राप्त खाद्यान्न बितरण गरिएको हो ।
आठौं चरणमा कतारको मुग्लिना, मदिना खलिफा, एन खालिद, सनैया स्ट्रीट नम्बर ३,१२,१५,२८,४१,४५, सल्वा रोड, अल वकिर, खरतियात, अम सलाल मोहम्मद, अम सलाल अलि,नज्मा, मुरा, समाल, अल नासर, ग्राफा, मनसुरा, दावर कुतुफ, मुन्ताजा, न्यु रयान, अल तुममा, मतार कदिम, पुरानो एअरपोर्ट, अल हिलाल, न्यु सलता र मैजार का विभिन्न ठाउँमा रहेका पीडित नेपालि श्रमिकहरुलाई १५ दिनका लागि पुग्ने खाद्यान्नको प्याकेज बाढीएको हो ।
गैर आवासिय नेपाली संघले संघको श्रमिक कोष र नेपाली राजदुतवासको समन्वयमा कतार रेड्क्रीसेन्ट तथा कतार च्यारिटि मार्फत प्राप्त सहयोग बाट हाल सम्म १ हजार पाँच सय भन्दा बढीलाई राहत प्याकेज बितरण गरिएको संघ प्रथम उपाध्यक्ष एवं उद्दार तथा राहत बितरण समितीका संयोजक उत्तम गुरुङले बताउनुभयो ।
राहत बितरणमा प्रत्यक्ष सहभागीता जनाउने नेपाली राजदूतावास परिवार, एनआरएनए आईसीसी मध्यपुर्ब संयोजक प्रबिण गुरुङ्ग, एनआरएनए आईसीसी/एनसीसी प्रतिनिधिहरु, रहात तथा उद्दार समिती सदस्य साथै सम्पुर्ण स्वयंसेवक ज्युहरु प्रती एनसिसि कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले आभार प्रकट गर्नुभएको छ।

Share Your View