एनआरएन विश्व गतिविधि

Posted On: January 27, 2014

एनआरएनका उपाध्यक्ष भट्टद्वारा ५० लाख सहयोग घोषणा
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष तथा टिबिआई समूहका अध्यक्ष (जापान निवासी) भवन भट्टले विद्यालयको लागि ५० लाख सहयोगको घोषणा गरेका छन् ।

भट्टले बाल्यकालमा आफू अध्ययनरत गोरखाको श्री शिद्धकाली उमाविलाई ५० लाख सहयोग गर्ने घोषणा गरेका हुन् ।

शिद्धकाली उमाविको ५३ औं बार्षिकोत्सब समारोहमा बिशिष्ट अतिथिको रुपमा पुगेका भट्टले उक्त घोषणा गरेका हुन् ।

नेपालको भविष्य आजका बालबालिकाको हातमा रहेको बताउदै उनले स्तरीय शिक्षाको लागि विद्यालयको आवश्यकता र योजना पुरागर्न सहयोग रकम उपलब्ध गराएका हुन् ।

समाजसेवाको लागि भट्टले “एक दिन–एक दान” अभियान अन्तर्गत प्रत्येक दिन बिभिन्न दान गर्दै आएको एनआरएन जापानद्वारा जारी गरिएको विज्ञप्तीमा जनाइएको छ ।

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter