दोहा l गत अप्रिल ७, २०१७ शुक्रवारका दिन गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको समन्वय तथा कतारमा स्थापित संघ–संस्थाहरुको संयुक्त आयोजनामा आयोजित नव वर्ष २०७४ को शुभकामना तथा बृहत सांगितिक कार्यक्रम कतारको अलदाना क्लवमा भव्यरुपमा सम्पन्न भएको छ ।
नया“ बर्षको आगमनलाई शुभकामना आदानप्रदान गर्दै उल्लासमय बनाउन कतारका संघसस्थाहरुले संयुक्त कार्यक्रम आयोजना गरेर नया“ प्रक्रियाको थालनी गरेका छन् । नया“ बर्ष मनाउनका लागी गरिएको कार्यक्रममा विविध सांस्कृतिक तथा मनोरन्जनात्मक प्रस्तुति सहित नव बर्षको अग्रिम शुभकामना आदानप्रदान गरिएको थियो । एनआरएनए एनसीसी कतारले संयोजकत्वको गरेको उक्त कार्यक्रम कतारमा स्थापित ४७ वटा सस्थाहरु आयोजक रहेका थिए ।
एनआरएनए एनसिसि कतारका अध्यक्ष बिनेश तामाङको सभापतिव्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाली महिला समाजकि अध्यक्ष शुस्मिता भट्टराई भुषालले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख अतिथि कार्यवाहक राजदुत मणिरत्न शर्मा द्धारा उद्घाटन गरीएको थिए ।
सामुहिक रुपमा मनाईएको कार्यक्रमलाई कतारका लागी नेपाली कार्यवाहक राजदुत मणिरत्न शर्माले सम्बोधन गर्नु भएको थियो । उहा“ले सामुहिक भाइचाराका साथै सयौ थुंगा फूलका हामी एउटै हामी नेपाली भन्ने सार आजको कार्यक्रमले आफुलाई अनुभूतिका साथ सभ्य तथा भब्य रुपमा सम्पन्न भएको बताउनु भयो । कार्यक्रमका सम्पूर्ण आयोजक सम्पूर्ण सस्थाहरु, एनआरएन एनसीसीकतार र व्यक्तिगत रुपमा सहयोग गर्ने सम्पूर्ण सहयोगीलाई समेत धन्यबाद ब्यक्त गर्दै यस्तो कार्यक्रम सिलसिलाको थालनीलाई आफु र राजदुताबासको तर्फबाट समेत आवश्यक सहयोग रहने विचार व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि शर्माले दुतावासका महत्वपुर्ण सूचना सहित बिशेष जानकारी समेत दिनु भएको थियो । दुतावासमा काउन्टर र डिजिटल सिस्टमको थालनी भएको, गुनासो सुन्ने वातावरण सिर्जना गर्नको लागी प्रत्यक्ष दुतावासमा र अनलाइनबाट समेत गुनासो राख्न सक्ने सेवा, नेपाली श्रमिकहरुको चापलाई हेरेर पीआरओ समेत थप गरि ३ जना पु¥याईएको साथै अहिलेको प्रविधिको अवस्थालाई मध्यनजर गर्दै दुतावासको सामाजिक संजाल फेसवुक पेज रहेको जानकारी गरिएको थियो । सूचनाको आधार दुतावासले आफ्नो कार्ययोजना बनाउदै लैजाने बताउदै सम्पूर्ण कतारमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुमा आफुले पाएको गतिविधिको बारे जानकारी दुतावासलाई दिन आग्रह समेत गर्नु भएको थियो ।
कार्यक्रममा अतिथि कलाकार हेमन्त शर्माको सुमधुर आवाजको प्रस्तुतिले उपस्थित दर्शकलाई तानिरह्यो । आफ्ना नया“ पुराना गरेर दर्जन भन्दा बढी गित गएर दर्शकहरुलाई नचाएका थिए । दर्शकहरुको माहोल हेर्दै पटकपटक स्टेज पुगेका शर्मा कतारको यो पटकको कार्यक्रम अविस्मरणीय भएको उनले उल्लेख गरेका थिए । पा“चौं पटकमा कतारमा आएको बेलामा पहिलो पटक आफुले यस्तो पारिवारिक रमाइलो महसुश गर्न पाएकोमा खुसी ब्यक्त गरेका थिए । सांगीतिक कार्यक्रमलाई थप मनोरंजन गराउनको स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।
कार्यक्रममा सभापति तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष विनेश तामाङले कार्यक्रमलाई सफल बनाउन सबै क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण आयोजक संघ–संस्थाका प्रमुख तथा पदाधिकारीहरु स्वयं सेवकहरु लागाएत कार्यक्रममा आउनु भएका नेपाली नियोग लगाएत अन्य अथिति महानुभावहरुलाई समेत हार्दिक आभार प्रकट गर्दै धन्यवाद ब्यक्त गरेका थिए । उनले कार्यक्रममा आयोजक संघ–सस्थाका उपस्थित १० जना प्रतिनिधि बराबर १०० जनाको प्रतिनिधित्व भएको प्रष्ट पादै उपस्थित प्रतिनिधिले आफ्नो सस्थाको महत्वपुर्ण पदमा रहेर काम गरिरहेको व्यक्तिहरु कार्यक्रममा उपस्थितिरहेको समेत जानकारी गराएका थिए । यस किसिमको कार्यक्रमले समाजीक संस्थाहरुको सहकार्यमा एकै स्थानमा नेपालीहरुको महत्वपूर्ण चाडपर्वहरु साथै बिषेश दिनहरुलाई मनाउन सकिने कुराको प्रमाणित भएको भनाइ राख्दै यस किसिमको सहकार्यकलाइ निरन्तरता दिनको लागी एनसीसी कतार सदैव तयार रहने प्रतिबद्धता समेत राखेका थिए ।
कार्यक्रममा शुभाकममना मन्तब्य दिने अन्य बक्ताहरुमा दुतावासकी लेवर कन्सुलर श्रीमती गिरिजा शर्मा, एनआरएनए आईसीसी सदस्य विनोद भट्टराई, पुर्व मध्यपूर्व संयोजक नरेन्द्र भाट, एनसीसी पुर्व अध्यक्ष कमलमणि गुरागाई, जनसम्पर्क समितिका केदार भुसाल, नेपाली प्रवासी मंचका रामहरी गैह्रे, तराई मधेश लोकतान्त्रिक मंचबाट हुसेन खान, विवेकशीलका पदम भण्डारी, नेपाल प्रवासीज जनजाती महासंघ कतारका कार्यवाहक अध्यक्ष पुरुषोतम सुनुवार, खसक्षेत्री समाजका खगेन्द्र कार्की, नेपाली मुस्लिम समाज मोहोम्मद आयुव लगायत दलित एकता सन्जाल कतारका श्री श्याम नेपाली शुभकामना दिएका थिए ।
त्यसै गरी नेपालको प्रादेशिक संरचनाका आधारमा प्रदेश नम्बर ७ बाट सुदुरपश्चिम सेवा समाजका अध्यक्ष अमृत शाही, प्रदेश नम्बर ५ बाट गुल्मी सेवा समाजका अध्यक्ष बुद्ध पाण्डे, प्रदेश नम्बर ४ बाट स्याङ्जा सहयोग समाजका अध्यक्ष धनन्जय लम्साल, प्रदेश नम्बर ३ बाट नुवाकोट सेवा समाजका अध्यक्ष हरिकृष्ण रिमाल र प्रदेश नम्बर १ बाट भोजपुर सेवा समाजका अध्यक्ष गोपाल बस्नेतले नया“ बर्षको शुभकामना दिएका थिए ।
कार्यक्रममा दुतावासकी लेवर कन्सुलर गिरिजा शर्मा, दितीय सचिव द्वय गायत्री बहादुर पौडेल र हरि अर्याल, एनआरएनए मध्यपुर्व क्षेत्रीय उप–संयोजक उमेश अधिकारी, आईसीसी सदस्य– श्री बिनोद भट्टराई, आईसीसी सदस्य हंसराज ढकाल, आईसीसी सदस्य आर.के. शर्मा, एनसीसी सल्लाहकार संयोजक – श्री कुमार कार्की र रािष्ट्रय कलाकार हेमन्तशर्मा विशेष अतिथिकोरुपमा समुपस्थित थिए भने आईसीसी पुर्व मध्यपुर्व संयोजक नरेन्द्र भाट, आईसीसी पुर्व मध्यपुर्व उप–संयोजक पुर्ण के. सी., एनसीसी पुर्व अध्यक्ष कमलमणी गुरगाँई र एनसीसी सल्लाहकारहरु दिल किरण खजुम, गुरुनारायण रानाभाट, दोर्ण बहादुर बस्नेत, सियारामचौधरी र नरेश श्रेष्ठको समेत आतिथ्यता रहेको थियो ।
साथै एनआरएनए आइसीसीका पुर्व तथा वर्तमान पदाधिकारीहरु, एनआरएनए एनसीसी पुर्व तथा वर्तमान पदाधिकारीहरु, संघसस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरु, बुद्दिजीवी, ब्यबसायी, पत्रकार हरुलाई समेत उपस्थिति रहेको थियो ।
४७ ओटै संघसस्थाहरु मिलेर गरेको कार्यकममा गुल्मी सेवा समाज कतारका भूमिकामा अब्बल रहेको थियो । कार्यक्रमलाई व्यावस्थापन गर्नको लािग विभिन्न विभागहरुलाई कार्यविभाजन गरिएको थियो । यातायात व्यावस्थापनमा एनसिसि कतारका श्रमिक विभाग प्रमुख प्रेम वि.क. रहेको थियो भने खाना व्यावस्थापनमा गोर्खा सेवा समाजका अध्यक्ष सुदर्शन भट्टको संयोजकतत्वमा गुल्मि सेवा समाज र सुदुरपश्चिमाञ्जल रहेका थिए । स्वयंसेवकको संयोजन रोल्पा जलजला सेवा समाज कतारका अध्यक्ष बसन्त थापा गरेका थिए । स्थानिय कलाकार व्यावस्थापनमा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका तर्फबाट भाइकाजी गुरुङ र कास्कि आदर्श सेवा समाजका सल्लाहकार संयोजक आश बहादुर गुरुङ रहेका थिए । यसै गरि संघ–संस्था समन्वय र हल व्यावस्थापनमा प्रथम उपाध्यक्ष नबिन पोख्रेल र संघसंस्था सम्न्वय समितिका सचिव टि.एन. बराल रहेका थिए ।
कार्यक्रम संचालकद्वय एनआरएन एनसिसि कतारका कार्यबाहक महासचिव तेज कटुवाल तथा लम्जुङ सेवा समाजका महासचिव सिताराम थापाले कार्यक्रम अवधिभर कुनै खल्लो महसुश हुन दिएनन् भने एनसिसि प्रथम उपाध्यक्ष तथा संघसंस्था समन्वय समितिका प्रमुख नविन पोख्रेलले धन्यवाद ज्ञापन मन्तव्य राखेका थिए ।
आयोजक संघ–संस्थाहरुः
१. एनआरएनए एनसिसि, कतार
२. नेपाली जन सम्पर्क समिती, कतार – श्री केशव भुषाल
३. प्रबासी नेपाली मन्च, कतार – श्री रामहरी गैरे
४. जन प्रगतिशील मन्च, कतार – श्री रकमध्वज राई
५ तराइ मधेस प्रवासि मन्च, कतार – श्री हुसेन खान
६. बिबेकशिल नेपाली, कतार – श्री सुरेश भट्ट
७. नेपाल प्रवासी आदिवासी जनजाती महासंघ, कतार – श्री पुरुषेत्तम सुनुवार
८. नेपाली महिला समाज, कतार – श्रीमती शुस्मिता भट्टराई भुषाल
९. नेपाली मुस्लिम समाज, कतार – श्री मोहम्मद आयुव
१०. खस क्षेत्री सेवा समाज, कतार – श्री रेशम बस्नेत
११. दलित एकता संजाल नेपाल, कतार – श्री श्याम नेपाली
१२. अनेसास नबोदित साहित्यिक संस्था – श्री तिर्थसंगम राई
१३. सुदुरपस्चिम सेवा समाज, कतार – श्री अमृत शाहि
१४. मोरङसुनसरी सेवा समाज , कतार – श्री योगेन्द्र कार्की
१५. खोटाङ सेवा समाज, कतार – श्री तिलाबहादुर खत्री
१६. स्याङ्जा सहयोग समाज, कतार – श्री धनन्जय लम्साल
१७. कास्की आदर्श सेवा समाज, कतार – श्री मन प्रसाद मगर
१८. गुल्मी सेवा समाज ,कतार – श्री बुद्ध पाण्डे
१९. प्रवासी झापाली सम्पर्क मन्च, कतार – श्री सन्तोष पराजुली
२०. चितवन युवा समूह , कतार – श्री भुमिराज कार्की
२१. ओखलढुंगा सेवा समाज, कतार – श्री भिम तामाङ
२२. अर्घाखाँची सेवा समाज, कतार – श्री ठाकुर कुमार परियार
२३. लमजुङ सेवा समाज, कतार – श्री युवराज गुरुङ
२४. मोना कतार – श्री रमेश पौडेल
२५. गोरखा सेवा समाज, कतार कतार – श्री सुदर्शन भट्ट
२६. समाज सेवा अभियान रुपन्देही, कतार – श्री डिल्लि भट्टराइ
२७. तनहु“ सहयोग समाज, कतार – श्री पदम विश्वकर्मा
२८. नुवाकोट सेवा समाज, कतार – श्री हरीकृष्ण रिमाल
२९. पाल्पालि सेवा समाज, कतार – श्री ईश्वर अधिकारी
३०. बागलुङ सेवा समाज, कतार – श्री चन्द्र कान्त शर्मा
३१. सुनसरी सृजनशिल परिवार, कतार – श्री नरेश श्रेष्ठ
३२. प्युठान सेवा समाज, कतार – श्री मान बा. के सी
३३. धनकुटा प्रवासी सेवा समाज, कतार – श्री ललित लिम्बु
३४. पर्वत युवा सेवा समाज, कतार – श्री दिपेन्द्र लामिछाने
३५. भोजपुर सेवा समाज, कतार – श्री गोपाल बस्नेत
३६. इलाम सेवा समाज, कतार – श्री धन बहादुर विश्वकर्मा
३७. बुद्दभुमी कपिलवस्तु, कतार – श्री केशव खनाल
३८. दाङ देउखुरी सेवा समाज, कतार – श्री बसन्त राजपुरी
३९. रोल्पा जलजला सेवा समाज, कतार – श्री बसन्त थापा
४०. काभ्रे सम्पर्क समिती, कतार – श्री नन्दप्रसाद ढुङ्गाना
४१. बराहक्षेत्र संरक्षण समिती बडाचौर रोल्पा – श्री बलराम जैसी
४२. नेपाली प्रवास जातिय उन्मुक्त समाज – श्री पुर्ण नेपाली
४३. परियार मित्रता समाज, कतार – श्री पुर्ण बहादुर नेपाली
४४. प्रवासी भुजेल समाज, कतार – श्री नियम भुजेल
४५. बिस्वकर्मा समाज, कतार – श्री अमेरिकन बिश्वकर्मा
४६. वसन्त फिल्म्स , कतार – श्री इश्वकाफ्ले
४७. जि फन्ड, कतार – श्री सन्तोष गुरुङ
स्थानिय कलाकारहरुको नाम र प्रस्तुतिहरुः
१. स्वागत नृत्यः जलजला तामाङ, कैलास मगर, शान्ती गोले, दिपक के.सी. ईसा घतानी, सागर ओली, भगवती बस्याल, मीन बहादुर योञ्जन, सुशील स्याङतान
२. नृत्यः लिला आचर्य र भरत के.सि.
३. सुनुवार नृत्यः सिसिर सुनुवार, सन्जय सुनुवार, गंग सुनुवार मोहन सुनुवार, बिमल सुनुवार, गम्बिर सुनुवार, सुर्य सुनुवार, गोरी माया सुनुवार, सोनि कुमारी सुनुवार, सरस्वति सुनुवार
४. लोक दोहोरीः कमला गुरुङ र बल बिक्रम थापा
५. नृत्यः सञ्चमाया तामाङ र अजय परियार
६. नृत्यः भगवति बस्याल
७. थारु नृत्यः परवेज चौधरी, पार्वती चौधरी, नन्द चौधरी, जय कात्त चौधरी
८. देउडा नृत्यः राम ब. बोहरा तथा साथिहरु