एनआरएन एनसीसी कतारको पहलमा पिडित नेपालीहरुको उद्दार
Posted On: February 25, 2017
दोहा l एनआरएन एनसीसी कतारले बैदेसिक रोजगारीको सिलसिलामा कतार रहदै आए पनि कम्पनीको लापरबाहीका कारण आपतकालीन अबस्थामा रहेका नेपालीहरुको उद्दार गरेको छ l हालै मात्र एनसीसीको पहलमा पिडित तिन जनालाई घर फिर्तीको लागी टिकटको व्यवस्था गरेको छ l
संघले तिन जनाको लागी उपलब्ध गराएको टिकट मध्य एक जनालाई टिकट एनसीसी कतारले उपलब्ध गरेको थियो भने बाँकि दुई टिकट एनसीसीका प्रथम उपाध्यक्ष नगेन्द्र पोख्रेल (नविन) र मोरङ सुनसरी सेवा समाज दिएको थियो l
वकिरमा अवस्थित साइन ओएएफ इलेक्ट्रोमेकानिकल कम्पनी बन्द भएका कारण ३० जना नेपालीहरु बिचल्ली परेका थिए l पिडित तीस जना मध्य २३ जनाहरुलाई कतारमा स्थापित विभिन्न संघसस्थाहरु, आफन्तहरु तथा कोहि स्वयं आफ्नै पहलमा नेपाल नेपाल पुगी सकेका छन l बाँकि रहेका सात जना पिडितहरुको कानुनी प्रक्रियामा ढिलाई भएका कारण फिर्ती प्रक्रिया लम्बिएको थियो l
त्यस कम्पनीमा नेपाली श्रमिकहरुको भनाई अनुसार ९ देखी ३६ महिनासम्म कार्यरत थिए l ३ / ४ महिना सम्म काम गरेको तलब नपाए पछि काम छोडेर बसेको पनि २,३ भएको पिडितहरुको गुनासो थियो l उद्दारका क्रममा हाल तिन जना
एनआरएनकतारको पहलमा नेपाल जाने तयारीमा छन भने बाँकि ४ जनाको लागी ब्यबस्थापनको कार्य भई रहेको छ l
यसरी फिर्ती प्रक्रिया लम्बिएका पिडितहरुलाई एनआरएन एनसीसीले खानाको खानाको व्यवस्था समेत गरेको छ l यसैगरी पीडितहरुका लागी कतारका विभिन्न व्यक्ति तथा संघसस्थाहरुबाट पनि नगद जिन्सी तथा सल्लाह दिई सहयोग गर्नु हुने हुने सम्पूर्ण समाजसेवाहरु प्रति पनि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले हार्दिक आभार प्रकट गर्दछ l
Share Your View