उनलाई छुट्टै कार्यालय र कर्मचारी सहित कामको जिम्मेवारी दिइएको स्रोतले जनायो। ‘राहत र उद्धारमा उहाँले जुन प्रकारले भूमिका निर्वाह गर्नुभयो त्यसको मूल्यांकन गर्दै एवं उहाँको अन्तरार्ष्ट्रिय क्षमतालाई ध्यानमा राखेर नियुक्ति दिइएको हो’, स्रोतले भन्यो, ‘विशेष दूतको रुपमा उहाँले विदेश स्थित सामाजिक एवं कल्याणकारी संघसंस्था तथा दातृ निकायहरुलाई नेपालको पुनःनिर्माणमा सहभागी गराउन पहल गर्नुहुनेछ।’
शेष घले
वैशाख १२ को विनाशकारी भूकम्पपछि घले नेतृत्वको एनआरएन राहत र उद्धारमा सहभागी थियो। पहिलो चरणमा १४ हजार पीडितलाई राहत वितरण गरेपछि दोस्रो चरणमा १ हजार घर निर्माणको आकांक्षा एनआरएनले देखाइरहेका बेला सरकारले उनलाई विशेष दूतमा नियुक्त गरेको हो।
– See more at: http://www.nagariknews.com/main-story/story/39766.html#sthash.IkD8hJN7.JN6b08um.dpuf