एनआरएन अध्यक्षद्वारा छात्रबृत्तिका लागि ५ लाख सहयोग

Posted On: January 05, 2015

काठमाडाैं । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले काठमाण्डौको एक सामुदायिका बिद्यालयमा अध्ययनरत जेहेन्दार छात्रछात्राको छात्रबृत्तिका लागि ५ लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।

shesh-ghaleगत हप्ता काठमाण्डौको टौदहस्थित शुभकामना माध्यमिक बिद्यालयमा आयोजित बिशेष कार्यक्रममा अध्यक्ष घलेले ‘एमआईटी च्यारिटी’का तर्फबाट सो रकम प्रदान गर्ने घोषणा गर्नुभएको हो ।

गैरआवासीय नेपाली संघका संस्थापक उपाध्यक्ष डा. देवकाजी डंगोगलको सहयोगमा स्थापना भएको सो बिद्यालयमाका बिद्यार्थीले एलएलसीमा डिस्टिङसन र फस्ट डिभिजनसहित सतप्रतिशत नतिजा हात पार्दै आएका छन् ।

बिद्यालयको बाषिर्क उत्सवका अबसरमा प्रमुख अतिथिका रुपमा उपस्थीति अध्यक्ष घलेलाई बिद्यालय ब्यबस्थापनले सम्मानसमेत गरेको थियो ।

सो अबसरमा अध्यक्ष घलेले बिचमै पढाई छाडेर रोजगारीमा जाने प्रबृत्तिलाई रोक्दै शिक्षालाई जोड दिनुपर्ने बताउनुभयो । शिक्षा नै सम्बृद्धिको आधार भएकाले आफुले छात्रबृत्तिमार्फत् सहयोग गरेको बताउनुभयो ।

– See more at: http://www.onlinekhabar.com/2015/01/225828/#sthash.xXdnBBk4.fwFNCnOf.dpuf

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter