एनआरएनले खोल्ने खुला विश्वविद्यालयमा समझदारी

Posted On: June 12, 2014

काठमाडौ, जेष्ठ २९ – खुला विश्वविद्यालय स्थापनाका लागि शिक्षा मन्त्रालय र गैरआवासीय नेपाली संघ (एनआरएन) बीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

दुई निकायले बुधबार उद्योग वाणिज्य महासंघमा पत्रकार सम्मेलन गरी स्थापना र सञ्चालनका लागि सहमतिपत्रमा हस्ताक्षर भएको बताएका हुन् । ‘समझदारीपत्रले सन् २०१० मा काठमाडौं र २०१२ मा सिडन अस्ट्रेलियामा भएका पूर्वसमझदारीहरूलाई कार्यान्वयनमा ल्याउन मार्ग प्रशस्त गर्ने भनिएको छ,’ उनीहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘खुला विश्वविद्यालय स्थापना र सञ्चालनका लागि त्यससम्बन्धी कानुनको खाका तयार भइरहेको छ ।’

समझदारीअनुसार मन्त्रिपरिषद्ले गठन गरेको खुला विश्वविद्यालय पूर्वाधार समितिअन्तर्गत मन्त्रालयका अधिकारी र एनआरएनको सहभागितामा अधिकार सम्पन्न प्राविधिक एकाइ खडा गरिने जनाइएको छ । उक्त समितिले सञ्चालनको कार्यलाई सहज र छरितो बनाउने विश्वास गरिएको छ । समझदारीले नेपालीहरूको ज्ञान, सीप, अन्वेषण र प्राविधिक पहुँचलाई नेपाल भित्र्याउन सहज पारेको एनआरएन अध्यक्ष शेष घलेले बताए ।

साभार कान्तिपुर अनलाइन प्रकाशित मिति: २०७१ जेष्ठ २९ ०९:२८

Share Your View

Event Calendar

<<    October 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
Download

Subscribe Newsletter