एनआरएनद्वारा सरकारलाई अत्यावश्यक औषधी हस्तान्तरण

Posted On: November 24, 2015

एनआरएनद्वारा सरकारलाई अत्यावश्यक औषधी हस्तान्तरण

एनआरएनद्वारा सरकारलाई अत्यावश्यक औषधी हस्तान्तरण :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

८ मंसिर, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारलाई अत्यावश्यक औषधी हस्तान्तरण गरेको छ । भारतीय नाकाबन्दीका कारण सिर्जित मानवीय संकट समाधानमा सहयोग गर्न गैरआवासीय नेपाली संघले औषधि दिने घोषणा गरेअनुरुप पहिलो चरणमा मंगलबार औषधी हस्तान्तरण गरेको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले स्वास्थ्य तथा जनसंख्या मन्त्री रामजनम चौधरीलाई औषधी हस्तान्तरण गरे ।’हामीले पहिलो चरणमा तीन करोड रुपैयाँको औषधि दिने तयारी गरेका थियौं’ अध्यक्ष घलेले भने-हामीले बंगलादेश, चीन र भारतमा खरिद गरेको सवै औषधी नेपाल आइपुग्न ढिला हुने भएकाले अहिलेसम्म प्राप्त औषधी मात्र हस्तान्तरण गर्नुपरेको हो ।’ आफूहरु बिमान नै चार्टर गरेर बंगलादेशबाट औषधी ल्याउने तयारीमा लागेको भएपनि औषधीको संवेदनशीलता, नेपाल सरकारका नीति नियमका कारण त्यो सम्भव हुन नसकेको उनले बताए । इन्धन अभावका कारण बिमानले कार्गो बोक्न अस्वीकार गरेपछि तीनवटै देशमा एनआरएनले ल्याउन लागेका औषधीहरु अडकिएको उनले जानकारी दिए । ‘एकैचोटी दिउँला भनेर कुर्ने बेला छैन, हामीले १६ दिनसम्म अथक कोसिस गरेर जम्मा गरेको औषधि दिइहालौं, जतिबेला अरु आइपुग्छ त्यही बेला दिउँला भनेर पहिलो चरणमा ३८ लाखको औषधी हस्तान्तरण गरेका हौं’ उनले भने । नेपालको मानवीय संकटमा सहयोग गर्न गैरआवासीय नेपाली संघले खुला दिलले काम गर्ने भन्दै उनले संकटको अबस्था हेरेर सहयोग गर्ने औषधिको मात्रा थप्दै जाने बताए । स्वास्थ्यमन्त्री रामजनम चौधरीले गैरआवासीय नेपालीको मातृभूमीको उत्तरदायित्व देखेर आफु प्रभावित भएको बताए । ‘मैले नै उहाँहरुलाई यी-यी औषधी दिनुस् भनेर सूची दिएको थिएँ, यति छिटै लाइफ सेभिङ औषधीहरु सहयोग गर्नुभएको म खुसी छु, नेपाली जनताका तर्फबाट एनआरएनलाई धन्यबाद दिन चाहन्छु ।’ औषधी ब्यबस्थापन टीममा बसेर काम गरेका नेपालका चर्चित चिकित्सक डा. भगवान कोइरालाले एनआरएनले दिएका औषधिले एक महिनासम्मका लागि काठमाण्डौ र काठमाण्डौ बाहिरका सरकारी अस्पतालले सेवा सुचारु गर्न सक्ने जानकारी दिए । ‘यतिले मात्रै पुग्दैन । तर, एक महिनाका लागि लाइफ सेभिङ औषधी पाउनु निकै ठूलो कुरा हो, अब अपरेसन थिएटर र अस्पताल चार हप्ता चल्न सक्छन्’ डा. कोइरालाले भने । गैरआवासीय नेपाली संघले नेपालमा मानवीय संकटमा सहयोग गर्ने र नाकाबन्दी खुलाउन अन्तराष्ट्रिय दबाब सिर्जना गर्ने काम सँगसँगै गरिरहेको छ । बिश्वका बिभिन्न मुलुकामा एनआरएनको अगुवाईमा नाकाबन्दीको बिरोधमा प्रर्दशनसमेत भइरहेको छ । – See more at: http://www.onlinekhabar.com/2015/11/354163/#sthash.JYzkMFHU.dpuf

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter