एनआरएनको स्वास्थ्य शिविरबाट सप्तरीका १५ सयले पाए उपचार

Posted On: August 25, 2017

 

८ भदौ, सप्तरी । सप्तरीको बाढी प्रभावित क्षेत्रमा राहत वितरणमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएन)ले स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ । स्वास्थ्य शिविरबाट १५ सय जनाले सेवा लिएका छन् ।

एनआरएनले मंगलबार र बुधबार बोदेबर्साइनमा तथा बिहीबार तिलाठीमा स्वास्थ्य शिविर सञ्चालन गरेको मेडिकल डिपार्टमेन्ट संयोजक भुमा लिम्बु (अष्ट्रेलिया)ले जानकारी दिइन् ।

उनका अनुसार उपचार गर्न आएका धेरैजसोमा पेट दुख्ने, झाडा बान्ता हुने जस्ता समस्या देखिएको छ । अशुद्ध पानीकै कारण यस्तो समस्या देखिएको एनआरएनको मेडिकल टोलीको निष्कर्ष छ ।

‘बाढी र डुबान पछि यहाँका जनताले शुद्ध पानी पिउन नपाएका हामीले देख्यौं । त्यसैको कारण पानी जन्य रोगको समस्या देखिएको छ,’ लिम्बुले भनिन् ।

उनीहरुलाई बिभिन्न औषधिसँगै पानी शुद्धिकरण गर्ने औषधि र जीवनजल समेत निःशुल्क वितरण गरिएको स्वास्थ्य टोलीकी सदस्य रोशनी राउत (कुवेत)ले बताइन् । ‘हामीले औषधिसँगै व्यक्तिगत सरसफाइको कुराहरु पनि सिकाएका छौं,’ उनले भनिन्, ‘एनआरएन बाढी पहिरो पीडितको सेवामा सक्रिय छ ।’

एनआरएनको स्वास्थ्यकर्मीको टोलीमा पाँचजना डाक्टर, १० जना नर्स र केही संवयसेवकहरु समेत रहेका छन् ।

२०७४ भदौ ८ गते २०:१८ मा प्रकाशित

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter