एनआरएनए कतारद्धारा शोया दाहालको शोकसभा

Posted On: April 19, 2015

चिरन्जिबी तिम्सिना, दोहा ।  कतार गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले सस्थाको वर्तमान कार्यसमिती सदस्य श्रीमती सोया दाहालको मृत्युको तेह्रौ पुण्य तिथीको अवसर पारी दोहा कतारको टपफम रेस्टुरेन्टको सभाहलमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ।

दाङको सामान्य परिवारमा जन्मेकी स्वर्गीय सोया दाहाल काठमाडौँमा कामको सिलसिलामा बस्दै गर्दा काभ्रे जिल्लाको पनौती घर भएका एक  दाहाल परिवारमा उनको बिवाह भएको थियो ।

उनका एक छोरा र एक छोरी छन् । सामान्य पारिवारिक अबस्थाका कारण आफ्ना दुइ सन्तानलाई उच्च शिक्षा दिन र सुखी तुल्याउन करिब पाँच वर्ष अगाडी देखी कतारको एक क्लिनिङ कम्पनीमा कार्यरत रहेकी उनी कतारका बिभिन्न सामाजिक संघ सस्थामा सामेल भई सामाजिक गतिविधिहरुमा तल्लिन देखिन्थिन् ।

केहिदिन अगाडी मात्र आफ्नो बार्षिक बिदा मनाउन नेपाल गएकी उनि फेरि पनि कातार फर्कनका लागी नेपाल प्रबद्र्धन बोर्डको श्रम मन्त्रालयबाट श्रम स्वीकृति लिएर फर्कदै गरेको अबस्थामा स्वयम्भूको ठुलो भर्याङ नजिकै ट्यांकरले ठक्कर दिदा घटना स्थलमै उनको निधन भएको थियो ।

उनी कतारमा कार्यरत रहदा कतारमा रहने उनका मित्रहरुलाई सहयोगका लागि दिइएको रकम उनलाई फिर्तागर्न बाकी रहेको जनाइएको छ ।

गैर आवासीय नपाली संघ राष्ट्रिय समन्वय समिती कतारले गरेको उक्त शोक सभाको सभापतित्व सस्थाका प्रथम उपाध्यक्ष कुमार कार्कीले गरेका थिए  । एनसिसीका कार्यबाहक माहासचिबले संचालन गरको उक्त शोकसभामा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष टि बि कार्की, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिसदका सदस्य उमेश अधिकारी, सस्थाका प्रमुख सल्लाहकार गुरुनारायण रानाभाट, नेपाली जनसम्पर्क समिति कतारका कार्यबाहक सभापति देबराज अवस्थी, लगायत विभिन्न संघ सस्थाका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

सो सभामा श्रीमती सोया दाहाल प्रति श्रदान्जली प्रकट गर्दै गैर आवासीय नपाली संघ अन्तराष्ट्रिय समन्वय परिसदका उपाध्यक्ष टि बि कार्कीले कुनैपनि नेपालीले विदेश जानका लागि भनेर श्रमपत्र दर्ता गरिसकेको भए उसलाई नेपाल प्रबर्धन बोर्डले पनि केहि मात्रामा क्षतिपूर्तिको व्यवस्था गर्ने गरेको छ ।
अर्को तर्फ सोया ले कतारमा काम गर्दै गरेको कम्पनीमा पनि केही लेनदेन हुन सक्छ त्यसमा पनि उनले काम गर्दै गरेको कम्पनि सम्म पुगेर उनले पाउने हिसाब किताब उपलब्ध गराउने व्यवस्था गर्ने र उनि कतार रहदा अरु सग इक्षा जाहेर गरेका दाङमा एउटा एम्बुलेन्स संचालन गर्ने र आफ्नु छोरालाई कतारमा कुनै राम्रो कामकालागी भित्रियाउने भाबना रहेको हुनाले हामीले उनका अन्तिम इच्छालाई पुरा गरिदिन सके उनको आत्माले शान्ति पाउने र उनको पूर्ण विवरण लिनका लागी एनसीसी कतारका महासचिब विनोद प्रसाद भट्टराई र नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश प्रसाद बन्जाडे उनको घर पनौतीमा पुगिसकेको जानकारी गराउदै भाबपूर्ण श्रदान्जली ब्यक्त गरेका थिए ।

 

– See more at: http://www.imagenepalnews.com/news/4288#sthash.yUKqBOPR.kCmDuj9o.dpuf

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter