एनआरएनए अध्यक्ष र काठमाण्डौं महानगरका मेयरवीच भेटवार्ता र छलफल

Posted On: June 14, 2017

Published On: Monday, June 12, 2017 | Source: NRNA


काठमाण्डौं  । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले सोमबार (जुन १२, २०१७) काठमाण्डौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यासँग भेटवार्ता गरेको छ । सर्वप्रथम संघका अध्यक्षले नवनियुक्त मेयरलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको लागि शुभकामना दिनुभयो ।

अध्यक्ष घलेले विश्वभर फैलिएर रहेका गैरआवासीय नेपालीहरुसँग भएको सिप, ज्ञान र स्रोत काठमाण्डौं महानगरपालिकाको विकासमा परिचालन गर्न तयार रहेको जानकारी गराउँदै विश्वका अन्य प्रमुख शहरहरुसँग भाइचाराको सम्बन्ध बिकास गरी त्यस्ता शहरहरुसँग आवश्यक सहकार्य गर्न सकिने सुझाव दिनुभयो । साथै उहाँले यस कार्यमा समन्वय गर्न गैरआवासीय नेपालीहरु तयार रहेको वताउनु भयो ।

उहाँले गैरआवासीय नेपालीहरुको मातृभूमि प्रतिको लगावलाई अझ प्रगाढ पार्ने उदेश्य अनुरुप संघले काठमाण्डौ महानगरपालिकाभित्र पर्ने वालुटारमा संघको प्रधान कार्यालय निर्माण गर्न लागेको जानकारी दिँदै भवन निर्माणमा महानगरपालिकाले आवश्यक सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

 

अध्यक्ष घलेले यस अवसरमा संघले निर्माण गर्न लागेको लाप्राक नमूना बस्तीको बारेमा जानकारी गराउँदै देशवासीको सुखदुखमा सधै साथ दिन गैरआवासीय नेपालीहरु तयार रहेको वताउनु भयो । झण्डै २० बर्षपछि देशले स्थानिय नेतृत्व पाएकोमा खुशी व्यक्त गर्दै स्थानिय जनप्रतिनिधिहरुसँग देशवासीले मात्रै नभई गैरआवासीय नेपालीहरुले समेत ठूलो आशा राखेको वताउनु भयो ।

नवनिर्वाचित मेयर शाक्यले गैरआवासीय नेपाली संघलाई धन्यबाद ज्ञापन गर्दै गैरआवासीय नेपालीहरुबाट महानगरपालिकाले धेरै सिक्न सक्ने बताउनुभयो । एनआरएनहरुले विदेशमा देखेका र भागेका सुधारका उपाय तथा प्रबिधि नेपालमा लागू गर्न सुझाव तथा सहयोग गर्ने आफुले अपेक्षा गरेको बताउनुभयो ।

मेयर शाक्यले काठमाण्डौ महानगरपालिकामा देखिएको यातायातको व्यवस्थापनमा सहयोग गर्न गैरआवासीय नेपालीहरुलाई अनुरोध गर्दै सार्वजनिक यातायात तथा सवारी साधन पार्किङ्गको लागि भवनहरुको निर्माणमा समेत लगानी गर्न सुझाव दिनु भयो ।

उहाँले अहिलेको अधिकार सम्पन्न महानगरपालिकाको गठन भएको सन्र्दभमा गैरआवासीय नेपालीहरुको लगानी भित्राउन महानगपालिका इच्छुक रहेको र गैरआवासीय नेपालीहरुबाट उपयुक्त लगानीका परियोजनाहरु प्राप्त भएमा आवश्यक कानूनहरु निर्माण गरी सहजिकरण गर्न सकिने समेत वताउनु भयो ।

मेयर शाक्यले सँघले प्रधान कार्यालय महानगरपालिकाभित्र बनाउन लागेकोमा धन्यवाद दिँदै निर्माण कार्यमा आबश्यक सहयोग र समन्वय गर्न महानगरपालिका तयार रहेको वताउनु भयो । उहाँले देशवासी र गैरआवासीय नेपालीहरुको आशा अनुरुप खरो उत्रिने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

भेटमा संघका तर्फबाट अमेरिकाज् क्षेत्रका क्षेत्रिय संयोजक सोनाम लामा, सल्लाहकार त्रिलोक गुरुङ्ग, सुरेश चित्रकार र सचिवालयका कार्यकारी निर्देशकको सहभागितो थियो ।

 

रञ्जु थापा,

प्रवक्ता

अन्तराष्ट्रिय समन्वय परिषद्,

गैरआवासीय नेपाली संघ ।
मितिः २९ जेष्ठ, २०७४ ।

Share Your View

Event Calendar

<<    October 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
Download

Subscribe Newsletter